शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
राजनीतिक बिशेष

एमाले भनेकै ओली, ओली भनेकै एमाले, अरु नेताको दिनगन्ती सुरु

एमाले भनेकै ओली, ओली भनेकै एमाले, अरु नेताको दिनगन्ती सुरु

  • मिडिया डबली
  • बुधवार, जेठ २४ २०८०

  • 5.2K
    SHARES

  • एमाले भनेकै ओली, ओली भनेकै एमाले, अरु नेताको दिनगन्ती सुरु

    काठमाडौं -  अन्ततः एमालेले अबको १० वर्षसम्म केपी ओलीलाई नै झेल्नुपर्ने भएको छ ।

    पार्टीमा नेतृत्व लिन सक्ने नेताको खडेरी पर्दा ओलीकै भरमा एमाले चल्नुपर्ने अवस्था आएको छ । जेठ १९ गते एमाले सचिवालयले गुपचुपमा ओलीलाई सजिलो हुने गरी ७० वर्षे उमेरहदको प्रावधान हटाएको छ ।

    हिजो एमालेमा ७० वर्षे उमेरहदको प्रावधान राख्दा निकै प्रचार गरिएको थियो । एमालेलाई नयाँ ढंगले अघि बडाउने, बुढाको पार्टी बन्न नदिने भन्दै डंका पिटिएको थियो ।

    तर अहिले ओलीलाई नमरिञ्जेलसम्म पार्टीको नेतृत्व दिन एमालेको विधानबाट ७० वर्षे प्रावधान हटाइएको छ । विगतमा भरतमोहन अधिकारी, सिद्धिलाल सिंह, अमृतकुमार बोहोरालगायतको राजनीति सिध्याउन ७० वर्षे उमेरहद राखिएको थियो । जसकारण उनीहरूको सक्रिय राजनीति नै समाप्त् भएको थियो ।

    तर अर्को महाधिवेशनमा ओलीले पनि सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने अवस्था आएपछि अहिले हतार हतारमा विधान संशोधन गरेर ७० वर्षे प्रावधान निलम्बन गरिएको छ ।

    ७० वर्षे उमेरहद हटाएपछि अहिले ओली गुटबाहेक अन्यले यसको विरोध गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीहरूको उदय हुनु र एमालेले बुढाहरुलाई हालीमुहाली गर्न ७० वर्षे प्रावधान हटाएपछि विष्णु पौडेल, शंकर पोखरेल, योगेश भट्टराईहरूले अझै १० वर्षसम्म कार्यकारी पद नपाउने अवस्था देखिएको छ ।

    केन्द्रीय सचिवालयको निर्णय केन्द्रीय कमिटीमा प्रस्तुत हुने छ र अन्तिम निर्णय आउँदो विधान महाधिवेशनमा गरिनेछ । एमालेमा ओलीले नै सर्वेसर्वा भएकाले उनले जे चाह्यो त्यही पारित हुने अवस्था छ ।

    एमालेले आठौं महाधिवेशनबाट सुरु गरको ७० वर्षे उमेर हदको मक्सद नेतृत्वको चलायमानसँग जोडिएको थियो । अर्थात, दोस्रो पुस्ताका नेतालाई ढोका खोल्ने अवसरमात्र थिएन, संगठनलाई चलायमान र नेतृत्व हस्तान्तरणको सहज मार्ग पनि थियो ।

    त्यसैले, आठौं महाधिवेशनपछि एमालेभित्र नेतृत्व विकासले गति लिएको पनि थियो । तत्कालका लागि भने एमालेको ७० वर्षे उमेर हद एकीकृत समाजवादी छोडेर एमाले फर्किएका मुकुन्द न्यौपानेका लागि बाधक थियो ।

    एमालेमै लामो राजनीतिक जीवन बिताएका न्यौपाने एक वर्षअघि माधव नेपालसँग एकीकृत समाजवादीमा लागेका थिए । अहिले माधव नेपाललाई छोडेर उनी एमालेमै फर्किए ।

    तर ७४ वर्ष उमेर पुगेका कारण उनलाई केन्द्रीय सदस्य मनोनीत हुन त्यही व्यवस्था बाधक थियो । त्यसैलाई बहाना बनाएर एमालेले उमेर हदको व्यवस्था हटाइदियो । त्यही लटमा मुकुन्द न्यौपानेसहित १३ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्‍यो । एमालेले अब वामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउन पहल गर्ने भएको छ ।

    तर ओलीलाई नै फाइदा हुने भएपछि वामदेव एमाले फर्किने सम्भावना निकै कम छ । ७० वर्षे उमेर हद हटाउन ओलीलाई बहाना चाहिएको थियो ।

    ओलीसँग बिग्रिएको सम्बन्ध सुधार गर्न विष्णु पौडेललाई नयाँ अस्त्र चाहिएको थियो । ती दुवैका लागि न्यौपाने आइपुगे । अर्थात्, उपाध्यक्ष पौडेलले न्यौपानेलाई देखाएर उमेर हद हटाउन एमालेमा प्रस्ताव गरे, त्यसमा ओली असहमत हुनुपर्ने कारण थिएन । यसै पनि ओली ७० वर्षे उमेर हदको विपक्षमा अहिले होइन, बुटवलको आठौं महाधिवेशनमै उभिएका थिए ।

    त्यतिबेला ओली पार्टी संगठनमा बहुमतमा थिएनन्, जसले गर्दा ठूलो स्वरमा विरोध गर्न सकेका थिएनन् । काठमाडौंको नवौँ महाधिवेशनमा पनि ओलीले असहमतिकिो संकेत गरेका थिए । त्यतिबेला पनि त्यो ठूलो मुद्दा भने बनेको थियो ।

    दसौँ महाधिवेशन अघि नै विधान महाधिवेशनबाट ७० वर्षे उमेरको व्याख्या ओली अनुकूल गरिएका कारण समस्या थिएन । तर, एघारौं महाधिवेशनमा उमेर हद बाधक हुने निश्चित थियो ।

    त्यतिबेलाको तगारो अहिले नै हटाउन आवश्यक थियो । जसमा ओली सफल देखिएका छन् । एमालेको उमेर हदको यो निर्णयसँगै ओलीसहित नेताहरू एघारौं महाधिवेशनबाट विदा हुनबाट जोगिन सक्छन् । किनभने एकै पदमा दुई कार्यकालको व्यवस्था पनि विधान महाधिवेशनले हटाउने निश्चितजस्तै देखिन्छ ।

    त्यसो हुँदा ओली तेस्रोपटक अध्यक्ष हुनेछन् । तर, एमालेको जीवनका लागि भने प्रत्युत्पाक निर्णय हुने सम्भावना देखिन्छ ।

    नेतृत्वमा पुस्तान्तरणको सहज बाटो रोकिने र नागरिकको बुढा नेताप्रतिको वितृष्णाको सम्बोधन नहुँदा समाजमा नकारात्मक सन्देश जानेछ । तेस्रो, कार्यकर्ता उत्पादन नै रोकिनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend