काठमाडौ– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्नका लागि २ करोड मागेको प्रकरणलाई छानविन गर्नुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले श्रेष्ठले २ करोड मागेको अडियो प्रकरणमा संसदीय छानविन हुनुपर्ने बताएका हुन्। उनले श्रेष्ठले अडियमा कोर टिमलाई बुझाउनुपर्ने बताएको र त्यो कोर टिम भनेको को होरु भनेर प्रश्न समेत गरे।
'आजको सबैभन्दा खराब रोग भ्रष्टाचार नै हो। भ्रष्टाचारको उपचार पारदर्शिता हो। प्रतिनिधिसभा सदस्य भइसकेकाले मन्त्री बन्नकै लागि व्यवसायीसँग गफगाफ गरेको सुनियो। त्यो भन्दा लज्जाबोध के हुन सक्छ?', उनले भने, 'त्यस्तो गफ आइसकेपछि मैले यहाँ दुधको साँछी विरालो बसेको सुन्छु। त्यो वार्तामा भनिएको छ कोर टिमलाई बुझाउनुपर्छ। त्यो कोर टिम भनेको कोरु त्यसको पनि छानविन गर्नुपर्छ। यसको छानविनका लागि संसदीय छानविन समिति बनाएर निष्पक्ष छानविनको माग गर्दछु।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।