सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारतीय दूतावासमा आइटेक दिवस

भारतीय दूतावासमा आइटेक दिवस

  • मिडिया डबली
  • आइतवार, चैत्र १२ २०७९

  • 2.3K
    SHARES

  • भारतीय दूतावासमा आइटेक दिवस

    काठमाडौं - भारतीय दूतावासमा ५८औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाइएको छ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइटेक कार्यक्रममार्फत भारतले खेल्दै आएको भूमिकाको चर्चा गरेका थिए। उनले भारतले यो वर्ष नेपालका लागि रेलमार्गलगायतका विषयमा नयाँ कोर्सको सुरुवात गर्नेबारे छलफल भइरहेको बताए।

    कार्यक्रममा प्रतिष्ठित व्यक्ति, वरिष्ठ सरकारी अधिकारी, आइटेकका भूतपूर्व विद्यार्थी र भारतका शैक्षिक संस्थामा अध्ययन गरेका प्रमुख पूर्वविद्यार्थी गरी पाँच सयभन्दा बढीको उपस्थिति थियो।

    भारतीय राजदूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। सन् १९६४ बाट सुरु भएको यस कार्यक्रमले साझेदार राष्ट्रको क्षमता अभिवृद्धि गर्न सघाउ पुर्‍याउँदै आएको छ।

    पछिल्लो १५ वर्षमा मात्रै नेपालका दुई हजारभन्दा बढी अधिकारीलाई आइटेकअन्तर्गत तालिम दिइएको दूतावासले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ ७ २०८१०८:१३:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend