सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारतीय दूतावासले तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ आयोजना गर्दै

भारतीय दूतावासले तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ आयोजना गर्दै

  • मिडिया डबली
  • मंगलवार, चैत्र ८ २०७८

  • 3.2K
    SHARES

  • भारतीय दूतावासले तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ आयोजना गर्दै

    काठमाडौँ- नेपालस्थित भारतीय राजदूतावासले ‘तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) तथा इन्डियाएटदरेट७५ आइडियाथन’ आयोजना गर्ने भएको छ।

    भारत स्वतन्त्र भएको ७५ वर्षको उतसव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’अन्तर्गत कन्क्लेभ आयोजना गरिएको दूतावासले जनाएको छ।

    यसअन्तर्गत आगामी वैशाख ५ देखि ७ गतेसम्म पहिलोपटक इन्डियाएटदरेट७५ आइडियाथनको पनि आयोजना गरिने दूतावासको भनाइ छ। यो कन्क्लेभ फेब्रुअरी पहिलो हप्तामा गर्ने तय भए पनि महामारीका कारण मार्चमा सारिएको हो। यसको सहआयोजक क्लकबी बिजनेस इन्नोभेसन रहेको छ भने जीएमआर, टाटा मोटर्स, टाटा मेडिटेक र टुटल पनि साझेदार रहेका छन्।

    अघिल्ला २ संस्करणमा कनेक्ट (इन)ले नेपाल र भारतका युवा उद्यमी, लगानीकर्ता, उद्यम पुँजीपति र विज्ञलाई विचारदेखि व्यापार मोडलसमम, समस्यादेखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुमा एकअर्काका अनुभव साटासाट गर्न र परस्पर जोडिन प्रभावकारी मञ्च प्रदान गरेको दूतावासको भनाइ छ।

    दुई देशका स्टार्टअप इकोसिस्टमबीचको बढ्दो सम्बन्ध थप बलियो बनाउन अघिल्ला दुई संस्करणले हासिल गरेको सफलतालाई निरन्तरता दिने तेस्रो संस्करणको उद्देश्य रहेको बताइएको छ।

    यसअन्तर्गत दुई देशमा आफ्नो पहिचान बनाएका स्टार्टअपका संस्थापकका संघर्षको कथा समावेश गरिएको छ। यसमा ठूलो सामाजिक इकमर्स र रिसेल पोर्टलमध्ये एक मिशो तथा तथ्यांक विश्लेषण गर्दै जीवन विज्ञान र इन्जिनियरिङबीचको दूरी घटाउन प्रयासरत उदीयमान कम्पनी एलुसिडेटा रहेका छन्।

    नेपालबाट फिनटेक प्लेयर एफवन सफ्ट ग्रुप र इकमर्स पोर्टल सस्तो डिल रहेको दूतावासले जनाएको छ। कन्क्लेभमा ३ टोली बनाई सुरुवाती चरणमा स्टार्टअपले झेलेका चुनौती, उद्यम पुँजीपतिको दृष्टिकोणमा स्टार्टअपको आर्थिक पक्ष र परमपरागत व्यापार व्यवसायमा प्रविधिको भूमिकालगायतका विषयमा केन्द्रित छलफल गरिने दूतावासको भनाइ छ। सो छलफल सत्रमा भारतबाट वित्तीय प्रविधि उद्यमका आर्थिक पक्षमा केन्द्रीत रही काम गर्ने लगानीकर्ता कम्पनी यात्रा एन्जेल नेटवर्क र शैक्षिक ऋण प्रवाहको क्षेत्रमा काम गर्ने स्टार्टअप कम्पनी क्रेडेन्स सहभागी हुनेछन् ।

    नेपाली टोलीमा चिरपरिचित स्टार्टअप कम्पनीहरु टुटल, हात्तीहात्ती, पिक एण्ड ड्रप, प्याड टु गो र स्विट फिक्स तथा लगानीकर्ता कम्पनीहरु डोल्मा इम्प्याक्ट फण्ड र बिजनेस अक्सिजन रहनेछन् ।

    कार्यक्रममा स्टाण्डर्ड चार्टर्ड बैंक र किङ्स कलेज काठमाडौंका वक्ताहरुले पनि बोल्नेछन् । कनेक्ट इन कन्क्लेभका लागि वर्ष २०२१ को डिसेम्बर र २०२२ को जनवरीमा दाङ, सर्लाही र सुनसरी जिल्लाका विद्यालय लगायत नेपालका विभिन्न स्थानमा ‘प्रि–इभेन्ट एक्टिभेसन क्याम्प’ को सञ्चालन गरिएको थियो।

    सो क्याम्पको संचालन पश्चात ८० जना युवा उद्यमीहरुले इन्क्युबेसन र मेन्टरशिप मोड्युलका लागि निवेदन दिएकोमा ती मध्ये २० जनालाई छनौट गरी वित्त, प्रशासन, कानून, लगानी तत्परता, विक्री, मार्केटिङ जस्ता विषयमा फेब्रुवरी र मार्च महिनामा प्रशिक्षण दिइयो ।

    प्रशिक्षण लिएका यी २० जना उद्यमीशील युवाहरु अहिले शिक्षा, सामाजिक उद्यम, यात्रा र अथिति सत्कारका क्षेत्रमा कार्यरत छन् । गत मार्च महिनामा आइडिया अडिसनको आयोजना गरियो जसमा सहभागी २० जना युवा उद्यमीमध्ये चार जनालाई छनौट गरियो । छनौट भएका यी चार जना उद्यमीले कन्क्लेभमा लगानीका लागि अपिल गर्नेछन् ।

    यसै वर्ष कनेक्ट इनकै हिस्साअनुरुप दूतावासले पहिलो पटक २०७९ वैशाख ५ देखि वैशाख ७ गते सम्म ‘इन्डियाएटदरेट७५ आइडियाथन’ को आयोजना गर्दै छ।

    हाम्रो दैनिक जीवनलाई प्रभाव पार्ने तथा दुवै देशका नीतिनिर्माणमा अर्थ राख्ने चार महत्वपूर्ण क्षेत्रका चुनौतीहरु विरुद्घ प्रविधिमैत्री समाधान खोज्न नेपालका युवावर्गलाई त्यसमा संलग्न गराउने आइडियाथनको उद्देश्य रहेको छ।

    अन्तरदेशीय वाणिज्य, कृषिबजार, सहरी विकास र सुशासन गरी चार क्षेत्रहरु रहेको दूतावासले जनाएको छ। काठमाडौंका विश्वविद्यालय तथा कलेजमा अध्ययनरत विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन र मानविकी संकायका विद्यार्थीहरु इन्डियाएटदरेट७५ आइडियाथनका सहभागीका रुपमा रहनेछन्।

    तीन दिनको अवधिमा सहभागीहरुले आ–आफ्नो टोली बनाई विभिन्न विषयमा विचार मन्थन गर्ने, एक आपसमा सहकार्य गरी फिल्डवर्कमा सहभागी हुने र माथि उल्लिखित चारवटा विषयमा पहिचान गरिएका समस्याहरुको समाधान आ–आफ्नो हिसाबले प्रस्तुत गर्नेछन् ।

    Pic1.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ ७ २०८१०८:१३:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend