बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

अब छाडा युट्युब च्यानल कारबाहीमा गर्ने, ३५ वटा परे कारबाहीको सूचीमा

अब छाडा युट्युब च्यानल कारबाहीमा गर्ने, ३५ वटा परे कारबाहीको सूचीमा

  • मिडिया डबली
  • मंगलवार, चैत्र ७ २०७९

  • 2.1K
    SHARES

  • अब छाडा युट्युब च्यानल कारबाहीमा गर्ने, ३५ वटा परे कारबाहीको सूचीमा

    काठमाडौं- नेपालमा पछिल्लो समय युट्युबले सामाजिक संरचना नै खलबल्याएका छन् । केही समययता केही च्यानलले अर्काको निजी कुरालाई उछाल्ने, श्रीमान् श्रीमतीबीच फाटो ल्याउने, जबर्जस्ती रूपमा विवादमा ल्याउने गरेका छन् । यस्तै विषयले अहिले सञ्चारकर्मी ऋषि धमला तनावमा परेका छन् ।

    भर्खरै अभिनेत्री निता ढुंगाना पनि आफ्नो व्यक्तिगत जीवनमा युट्युब च्यानलले अविश्वास जगाउने कार्यक्रम प्रसारण गरेको भन्दै नेपाल प्रेस काउन्सिलमा उजुरी दिएकी छन् । उनले साइबर ब्युरोलाई पनि यसबारेमा जानकारी गराएकी छन् । 

    अब यसरी अर्काको व्यक्तिगत जीवनमाथि खेलवाड गर्ने युट्युब च्यानल कारबाहीमा पर्ने भएका छन् । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लंघन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको छ । काउन्सिलअन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको सोमबार बसेको बैठकले विशेष निगरानीमा राखिएका युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो । 

    काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई अनुुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा सिफारिस गर्ने र यस्ता च्यानलले सम्प्रेषण गरेका सामग्री र आकर्षित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे उल्लेख गरी कारबाहीका लागि युट्युब कम्पनीलाई अनुरोध गर्ने भएको काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन ५ २०७८११:०५:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend