बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

राम्रा पत्रकार प्रेस काउन्सिलको छनौटमा, बस्नेतले देखाए परिपक्वता  

राम्रा पत्रकार प्रेस काउन्सिलको छनौटमा, बस्नेतले देखाए परिपक्वता  

  • मिडिया डबली
  • मंगलवार, आश्विन ५ २०७८

  • 3.8K
    SHARES

  • राम्रा पत्रकार प्रेस काउन्सिलको छनौटमा, बस्नेतले देखाए परिपक्वता  

    काठमाडौं - प्रेस काउन्सिल नेपालले वर्षेनी प्रदान गर्ने गोपालदास पत्रकारिता लगायतका पुरस्कारको निर्णय यतिबेला चर्चामा छ । नेपाली पत्रकारितामा सबैभन्दा बढी गरिमामय ठानिने एक लाख ५१ हजार रुपैयाँको पुरस्कार अग्रज पत्रकार भारतदत्त कोइरालालाई प्रदान गर्ने निर्णय भएको छ । 

    कोइराला कुनै राजनीतिक वाद, सिद्धान्त भन्दा माथि उठेको व्यक्तित्व हुन् । उनको अन्तराष्ट्यि व्यक्तित्व छ । एशियाको नोवेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार समेत उनले नेपाली पत्रकारिताको विकासमा पुर्याएको योगदानकै कारण पाइसकेका छन् । गोरखापत्र दैनिकको चिफ रिपोर्टरदेखि सम्पादक र महाप्रवन्धकसम्म भइसकेका छन् । 

    उनीसहितको पहलमा स्थापना भएको प्रेस इन्टिच्युटबाट सयौं पत्रकार उत्पादन भएका छन् । कोइराला स्वयं काउन्सिलको सदस्य रही यसको कामलाई विवादरहित बनाउने काममा भूमिका खेलेका थिए । 

    नेपाली पत्रकारिताका होनहार व्यक्तित्व स्व।गोपालदास श्रेष्ठको सम्मानमा स्थापित उक्त पुरस्कार कोइरालाले भने पाएका थिएनन् । उनीभन्दा थुप्रै कनिष्ठ पत्रकारलाई यसअघि यो पुरस्कार दिइँदा मिडिया र सम्बद्ध निकायबाट चर्को आलोचना पनि भएको थियो । काउन्सिलका अघिल्ला नेतृत्वले सही पात्र छनौट गर्न नसकेको, पुरस्कारमा भागवण्डा गरेको, सम्मानित गर्नुपर्ने व्यक्तित्वलाई अनदेखा गरेको भन्दै विरोध समेत हुँदै आएको थियो । 

    अहिले काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत युवा पुस्ताको प्रतिनिधित्व गर्छन् । त्यसमाथि अघिल्लो सरकारले नियुक्त गरेको भन्दै पूर्वाग्रह राख्छन् भन्ने मिडिया बजारमा केहीको अनुमान थियो । कान्तिपुर दैनिकमा २० वर्ष सक्रिय पत्रकारिता गरेका बस्नेतले आफ्नो परिपक्वता देखाएका छन् यसपटकको पुरस्कार छनौटमा । उनले यसपटकको काउन्सिल पुरस्कार कुनै राजनीतिक भागवण्डा भन्दा पनि माथि उठेर पत्रकारितामा सक्रिय व्यक्तिलाई छनौट गरेका छन् । यसले काउन्सिलको उचाई त बढाएकै छ, काउन्सिलमा युवा पुस्ताको नेतृत्वलाई स्वीकार्य पनि गराएको छ । 

    धेरैले अनुमान गरेभन्दा विपरित प्रेस काउन्सिल नेपालले यो वर्षको अन्य पुरस्कार पनि पत्रकारितामा सक्रिय  भएकालाई मात्र रोजेको छ । 

    देशका विभिन्न दूरदराजमा रहेर कठिन साथ काम गरिरहेका व्यावसायिक पत्रकार पुरस्कार पाउने सूचीमा परेका छन् । यसले काउन्सिलको निष्पक्षतालाई समेत दर्शाएको छ । 

    काउन्सिलले ६ गते बुधवार आफ्नो वार्षिकोत्सवका अवसरमा नेपाली पत्रकारिताका पायोनियर व्यक्तित्व भारतदत्त कोइरालासहितलाई यी पुरस्कार प्रदान गर्दैछ । 

    बरिष्ठ पत्रकार कोइराला नेपालमा ग्रामीण विकासमूलक पत्रकारिताको सम्द्र्धनमा एक नम्बरमा नाम आउँछ । त्यतिमात्र होइन, उहाँ प्रेस काउन्सिलको स्थापना र विकास, नेपाल प्रेस इन्स्टिच्युट, नेपाल टेलिभिजन र मिडिया विकास कोषको स्थापनामा अगुवाई गर्ने मध्येमा पर्छन् । ८० वर्ष उमेर हाराहारीका बरिष्ठ पत्रकार कोइरालालाई यो पुरस्कारमा छनौट गरी काउन्सिलले निकै परिपक्वता देखाएको छ । 

    काउन्सिल स्रोतका अनुसार, अध्यक्ष बस्नेतलाई कोइरालाको सट्टा अन्य नाम गोपालदाश पुरस्कारका लागि छान्न विभिन्न राजनीतिक केन्द्रबाट दवाव नआएको होइन । अन्य नामहरु आउँदा पनि उनले अग्रजहरुसँग सल्लाह लिए, बोर्ड सदस्यहरुसँग घण्टौं बसे । र, गोपालदाशसहित विभिन्न पुरस्कारको निर्णयमा पुगेका थिए ।

    यसपटकका सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार एक लाख १० हजार राशि सहितको भने पोखराका बरिष्ठ पत्रकार बद्रीविनोद प्रतिकलाई दिइने निर्णय भएको छ ।  काउन्सिलले यस्तो छनौट प्रक्रियालाई निरन्तरता दियो भने पहिले धूमिल भएको पुरस्कारप्रतिको धारणा मेटिदै जानेछ र काउन्सिलको प्रतिष्ठा र गरिमा झनै बढ्ने पक्का छ ।

    छनौटमा परेका सबै पत्रकारलाई राष्टपति विद्यादेवी भण्डारीबाट पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ७ २०७९११:४१:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend