सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

आयो २०८० सालको पात्रो, दशैं कहिले?  

आयो २०८० सालको पात्रो, दशैं कहिले?  

  • मिडिया डबली
  • आइतवार, माघ २९ २०७९

  • 9.8K
    SHARES

  • आयो २०८० सालको पात्रो, दशैं कहिले?  

    काठमाडौं– नयाँ वर्ष अर्थात २०८० सालको पात्रो आएको छ। २०८० मा हिन्दुहरुले मनाउने प्रायः सबै चाडपर्व १५ दिन पछाडि सरेका छन् । नयाँ सालको दसैं कात्तिकमा परेको छ भने तीजको व्रत असोजमा सरेको छ ।

    आगामी हरितालिका तीजको व्रत असोज १ गते परेको छ । २०७९ सालको तीज भदौ १४ मै मनाइएको थियो ।

    त्यसैगरी २०८० सालको घटस्थापना असोज अन्तिम, अर्थात् असोज २८ गते परेको छ भने फूलपाति कात्तिक ४ र विजयादशमी कात्तिक ७ गते परेको छ ।

    जबकि, २०७९ सालमा असोज १० गते नै घटस्थापना मनाइएको थियो भने फूलपाती असोज १६ र विजयादशमी असोज १९ मा मनाइएको थियो ।

    नयाँ वर्षको तिहार पनि करिब १५ दिन पछाडि धकेलिएको छ । यस वर्षको भाइटीका कात्तिक १० गते परेको थियो । तर, नयाँ वर्षको भाइटीका कात्तिक २९ गते परेको छ ।

    यस वर्ष कात्तिक १३ मा मनाइएको छठ पर्व २०८० सालमा भने २० दिनपछि अर्थात् मंसिर ३ गते मनाउनुपर्ने भएको छ ।

    साउनमा अधिक मास परेकाले यस वर्षका चाडपर्व पछि सरेका हुन् । असार १९ गतेबाट सुरु हुने श्रावण कृष्णपक्ष साउन १ गते सकिन्छ । साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ । फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ । त्यसपछि फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परेको छ ।

    यसरी असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात मलमास भन्ने गरिन्छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक २ २०७७०८:३९:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend