काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिन पछि सरकार छाड्ने वा बाहिरिने बारे निर्णय लिने भएकाे छ।
बिहीबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो। प्रवक्ता मुकुल ढकालका अनुसार बैठकले सरकारबारे निर्णय लिन २ दिन पर्खने निष्कर्ष निकालेकाे हाे।
बैठक बस्नुअघि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सभापति रवि लामिछानेलाई फोन गरेका थिए।
उनीहरु दुवै जनाले दुई दिनको समय मागेको ढकालले बताए। प्रचण्ड र ओलीको आग्रहअनुसार दुई दिन पर्खिने निर्णय गरिएको उनले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।