काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा तीन धार देखिएको छ। रास्वपाले बिहीबार दिउँसो ३ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। तर, समसामयिक राजनीतिक अवस्था बारे पार्टीमा तीन धार देखएिको हो। यो बैठकले सम्भवतः सरकारबाट बाहिरिने निर्णय गर्न सक्ने स्रोतको दाबी छ।
तर, नागरिकता प्रकरणले सांसद तथा उपप्रधान एवम् गृहमन्त्री गुमाएका सभापति रवि लामिछानेले फेरि मन्त्री बनाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अल्टिमेटम दिएपछि अरु नेताहरु खुशी छैनन्।
सभापति रवि लामिछानेको नागरिकता दुरुपयोग प्रकरणले पद गुमाएका उनी गैरसांसद बनेर सत्तामा रहन खोजेपछि पार्टीका नेता र सांसद विभाजित भएका छन्।
बिहीबार अपरान्ह ४ बजे बस्ने बैठकमा पनि नेताहरुको उक्त धारणा आउने देखिन्छ। १३ माघमा सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकता नभएको फैसला गरेपछि सांसद, उपप्रधान एवम् गृहमन्त्री गुमाएका थिए।
तर, १५ माघमै तत्काल नेपाली नागरिकता पुनप्राप्ति गरेका रविले पार्टीको जिम्मेवारीसमेत लिन सफल भए। सर्वोच्चको फैसलाले गुमेको गृहमन्त्रालय फेरि लिन उनले जोड गरिरहेका छन्। सभापतिको यही कार्यशैलीले रास्वपाभित्र तीन धार देखिएको छ। सरकारमै बसेर गृहमन्त्रालयमा रविलाई नै पठाउनुपर्छ भन्ने धार, अर्को सांसदलाई गृहमा पठाएर रवि सरकारबाहिर बस्नुपर्छ भन्ने धार र रास्वपाले अहिले गृह नलिएर अर्कै लिनुपर्छ भन्ने तीन धारमा नेताहरु बाँडिएका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।