काठमाडौं– नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले संसद्अघि आत्मदाह गरेका प्रेम आचार्यका छोरीहरुलाई स्नताक तहसम्म निःशुल्क पढाउने घोषणा गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले छोरीहरु आरोसी आचार्य र आरध्या आचार्यलाई निःशुल्क अध्यापन गराउने घोषणा गरिसकेको बताए । उनले आचार्यकी श्रीमती नानु अधिकारी आचार्यलाई रोजगारीको व्यवस्था गर्न लागि परेको पनि बताए ।
‘रोजगारीको व्यवस्थाका लागि मैले भनेँ । अरनीको यातायात सेवा समितिका अध्यक्ष रहेका नेपाली कांग्रेसका नेता केदार श्रेष्ठले सहयोग गर्छु भन्नुभएको छ,’ उनले भने ।
बस्नेतले काजक्रियाको काम सकेर उनीहरु इलामबाट फर्किएपछि छोरीहरुलाई स्कुल भर्ना गराउने र उनकी श्रीमतीलाई रोजगारी पनि दिलाउने बताए । उनले सहयोग गर्नु स्थायी समाधान नभएको भन्दै आचार्यले लेखेका कुराहरुलाई हेर्नुपर्ने बताए । आचार्यको जस्ता पीडा अरुले पनि भोगिरहेका विषयमा राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।