आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यति एयरलाइन्स दुर्घटनाः आफन्तलाई बुझाउन थालियो शव 

यति एयरलाइन्स दुर्घटनाः आफन्तलाई बुझाउन थालियो शव 

  • मिडिया डबली
  • सोमवार, माघ २ २०७९

  • 1.9K
    SHARES

  • यति एयरलाइन्स दुर्घटनाः आफन्तलाई बुझाउन थालियो शव 

    काठमाडौं– यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुको शव आफन्तले बुझ्न थालेका छन्। पोखरा महानगरपालिका १३ का सदाकत अलिमियाँको शव परिवारले बुझेको छ।

    चालक दलका सदस्यसहित ४९ जनाको शव मंगलबार काठमाडौं ल्याइने भएको छ। २१ जनाको शव आफन्तले पहिचान गरी पोखरमामै पोस्टमार्टम गर्न लागिएको छ।

    कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार शव काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर पोखरा पुगिसकेको छ। दुर्घटनामा ज्यान गुमाएका पोखरातर्फका यात्रुको शव पोखरामै जिम्मा लगाउने तयारी गरिएको छ। बाँकी शव काठमाडौं ल्याइने बताइएको छ।

    कास्की प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार घटनास्थलबाट अहिलेसम्म ७० वटा शव संकलन गरिएको छ भने दुईजना अझै बेपत्ता छन्। आजका लागि उद्धार कार्य स्थगित गरिएको छ।

    यती एयरलाइन्सको विमान आइतबार पोखरा विमानस्थलनजिक सेती खोँचमा दुर्घटना भएको थियो। उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १ २०७९०१:१४:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend