काठमाडौं– काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिकैको सेती खोँचमा दुर्घटनामा परेको छ। विमानस्थलबाट २ किलोमिटर टाढा जहाज दुर्घटनामा परेको हो। स्थानीयले पाइलटले बस्ती जोगाउन जहाजलाई सेती खोँच तर्फ मोडेको अनुमान गरेका छन्।
‘जहाज सेतीको खोंचमा खसेको छ। बाहिर केही शवहरू उछिट्टिएको अवस्थामा हामीले देख्यौं। केहीबेरमा सेना, प्रहरी, दमकल आएर उद्धार गर्न थाले। मैले देखेअनुसार जहाजमा रहेकाहरू बाँच्ने सम्भावना ज्यादै न्यून छ किनभने जहाजमा ठूलो आगो लागेको छ,’ स्थानीय सुनिल रानाभाटले भने। उनले जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना हुन पुगेको अनुमान गरेका छन्।
‘जहाजका पाइलटले बस्ती जोगाएर जहाज सेतीको खोंचमा खसालेको देखिन्छ। दुर्घटना नजिकै अल्कापुर भन्ने बस्ती छ। त्यही बस्ती बचाउन चालकले दुर्घटना हुन लाग्दा जहाजलाई खोंचमा लगेका हुन सक्ने देखिएको छ,’ उनले भने।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।