बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

सन्दीपलाई गम्भीर स्वास्थ्य समस्या, थालियो उपचार 

सन्दीपलाई गम्भीर स्वास्थ्य समस्या, थालियो उपचार 

  • मिडिया डबली
  • सोमवार, पौष १८ २०७९

  • 2.1K
    SHARES

  • सन्दीपलाई गम्भीर स्वास्थ्य समस्या, थालियो उपचार 

    काठमाडौं– नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई् डिप्रेसनको समस्या देखिएको छ।

    बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले सोमबार केन्द्रीय कारागारमा गएर लामिछानेलाई मनोपरामर्श दिएको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए।

    ‘१५–२० दिनयता उहाँको बोली व्यवहारमा फरकपना महशुस गरेको थिएँ। त्यसैले बरिष्ठ मनोपरामर्शविदलाई लगेर केन्द्रीय कारागार गएँ। परामर्शपछि उहाँले सन्दीपको डिप्रेसन लेभल बढेको बताउनुभयो,’ उनले  भने,‘हामीले सोचेभन्दा पनि खराब स्थिति रहेछ। अब नियमित काउन्सिलिङ चाहिन्छ भन्ने उहाँको सल्लाह छ।’

    लामिछानेमा नकारात्मक सोचाइ बढेको लगायतका समस्या देखिएको उनले बताए। कारागारमा काउन्सिलिङका लागि छुट्टै कोठाको व्यवस्था नभएको पनि उनले बताए। त्यसले गर्दा प्रभावकारी काउन्सिलिङ दिन गाह्रो हुने उनको भनाइ छ।

    ‘हामीले नियमित काउन्सिलिङका लागि जेलरसँग अनुमति मागेका छौं। तर त्यहाँ कैदी बन्दीहरू सामूहिक बसेकै ठाउँमा गएर काउन्सिलिङ गर्नुपर्ने रहेछ। यस्तोमा त प्रभावकारी काउन्सिलिङ दिन नै गाह्रो हुन्छ। यो सन्दीपको लागि मात्र कुरा भएन अरूको पनि काउन्सिलिङ गर्नुपर्छ। काउन्सिलिङ गर्दा छुट्टै कोठा वा ठाउँको व्यवस्था हुन जरूरी देखिन्छ,’ उनले भने।


    सन्दीपमाथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ। उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएपछि उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर १३ २०७७०८:१८:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend