काठमाडौं– नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले अब राजनीतिक आन्दोलन नभएर देश र जनताको समृद्धिमा लाग्नुपर्ने बताएका छन्।
शपथग्रहणका लागि संसद् भवनमा पुगेका बस्नेतले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै जनताबाट निर्वाचित भइसकेपछि अब व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताए।
उनले भने, ‘अब जनताबाट निर्वाचित भइसकेपछि अब सांसदहरू व्यक्तिगत र दलगत स्वार्थ भन्दामाथि उठेर देशको विकासका लागि सक्रिय हुनुपर्छ। त्यो हुन नसके राजनीतिक वितृष्णा पैदा हुनसक्छ। पहिला पनि यो स्थिति देखा नपरेको होइन। अहिलेको निर्वाचनमा त्यसको परिणाम केही देखिएको छ।’
सांसदहरूले देश र जनताको पक्षमा कानुन बनाउनका साथै विकास निर्माण पनि उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।