आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जाजरकोटमा जिप दुर्घटनामा परी ११ को मृत्यु

जाजरकोटमा जिप दुर्घटनामा परी ११ को मृत्यु

  • मिडिया डबली
  • सोमवार, मंसिर २६ २०७९

  • 3.1K
    SHARES

  • जाजरकोटमा जिप दुर्घटनामा परी ११ को मृत्यु
    प्रतिकात्मक तस्वीर

    सुर्खेत–  जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।  कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट  ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो । 

    छेडागाड–५ दिपक अधिकारी, छेडागाड–५ नैनसरा अधिकारी, छेडागाड–५ जैकुवरा बुढा, छेडागाड–५ रामबहादुर बुढा, छेडागाड–६ वीर बहादुर खत्री,  भगवती–२, दैलेख अमर खड्का,  भगवती–२, दैलेख  मान बहादुर रावत, भगवती–२, दैलेख  बिरेन्द्र केसी,  छेडागाड–५ देवीसरा बुढा, छेडागाड–५ अमर अधिकारी र  छेडागाड–५ निषा अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए । 

    छेडागाड–५ की जैभान अधिकारी  गम्भिर घाइते भएका छन् । चार जना मात्र क्षमता भएको उक्त बोलेरो गाडीमा १२ जना सवार रहेका थिए ।  
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०७७०८:३८:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend