सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

क्षेत्र परिवर्तन गरेर पनि सिन्धुपाल्चोक २ मा मोहन बस्नेतको दबदबा

क्षेत्र परिवर्तन गरेर पनि सिन्धुपाल्चोक २ मा मोहन बस्नेतको दबदबा

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ९ २०७९

  • 2.3K
    SHARES

  • क्षेत्र परिवर्तन गरेर पनि सिन्धुपाल्चोक २ मा मोहन बस्नेतको दबदबा

    काठमाडौं । पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य हुन् । सिन्धुपाल्चोकमा उनी बलियो संगठन छ । त्यही प्रभावका कारण आफ्नो निर्वाचन क्षेत्र छाडेर अर्को निर्वाचन क्षेत्र गएर पनि उनले सानदार ढंगले चुनाव जितेका छन् ।

    बस्नेत सधैं सिन्धुपाल्चोक १ बाट उठ्दै आएका थिए । तर यसपटक गठबन्धनका कारण माओवादीलाई सो क्षेत्र छाडेकाले उनी सिन्धुपाल्चोक २ बाट उम्मेदवार बने । उनले एमालेका शेरबहादुर तामाङलाई भारी मतान्तरले पराजित गरेका छन् । बस्नेत ३९ हजार ३६७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तामाङले २७ हजार ४९३ मत पाएका छन्।

    प्रदेशसभा (क) मा माओवादीका युवराज दुलाल २० हजार ९०६ मतसहित निर्वाचित हुँदा एमालेका अमानसिंह तामाङ १२ हजार १३९ मतमा सीमित भएका छन् । प्रदेश सभान (ख) मा कांग्रेसका कृष्णकुमार तामाङले १७ हजार ७५८ मतसहित चुनाव जित्दा एमालेका हस्त पण्डितले १६ हजार २५३ मत ल्याए ।

    गठबन्धनले सिन्धुपाल्चोक १ मा पनि तीनवटै क्षेत्र जितेको छ । एमालेलाई शून्य बनाइदिएको छ । यसो हुनुमा कांग्रेस नेता बस्नेतको ठूलो भूमिका रहेको देखिन्छ । किनभने सिन्धुपाल्चोक १ र २ दुवैमा बस्नेतले संगठन मजबुत बनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २२ २०७७०५:५२:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend