काठमाडौं - यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पाको उमेरका महिला प्रत्यक्षमा विजयी हुने सम्भावना धेरै कम देखिएको छ ।
कांग्रेसकी सुजाता कोइरालाले मोरङ २ मा थोरै मतले लिड गरेकी छन् । पुष्पा भुसाल अर्घाखाँचीमा पछि परेकी छन् । माओवादीबाट जित्ने अपेक्षा गरिएका पम्फा भुसाल र ओनसरी घर्ती पनि साइड लागेका छन् ।
पूर्वसभामुख भइसकेकी माओवादी केन्द्रकी नेतृ घर्ती काठमाडौं २ बाट अनुमोदित हुन सकिनन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले पराजित गरिन् । काठमाडौं २ मा उनी चौथो स्थानमा सीमित भइन् । उनी २०७२ देखि २०७४ सालसम्म सभामुख भएकी थिइन् ।
माओवादीकी प्रभावशाली नेतृमा पर्छिन् पम्फा भुसाल । उनी ललितपुर ३ मा उम्मेदवार बनेकी छन् । भुसाल आफ्नो क्षेत्रमा तेस्रो स्थानमा छिन् । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले धेरै मतले अग्रता हासिल गरेकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।