मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

मतदानका बेला भोट माग्दै हिँड्दा सांसद सोविता गौतमलाई आचारसंहिता लाग्दैन ?

मतदानका बेला भोट माग्दै हिँड्दा सांसद सोविता गौतमलाई आचारसंहिता लाग्दैन ?

  • मिडिया डबली
  • आइतवार, बैशाख १० २०८०

  • 2.2K
    SHARES

  • मतदानका बेला भोट माग्दै हिँड्दा सांसद सोविता गौतमलाई आचारसंहिता लाग्दैन ?

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम निष्फिक्री ढंगले तनहुँ १ मा मत मागेर बसेकी छन् ।

    मतदानको दिन बाहिरका मानिस निर्वाचन हुने क्षेत्रमा घुमफिर, हिँड्डुल गर्न पाइन्न । तर रास्वपाकी सांसद जो काठमाडौं २ बाट निर्वाचित भएकी हुन् उनी अहिले तनहुँ १ मा पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई भोट मागेर मतदान केन्द्रमा घुमिरहेकी छन् ।

    मतदान हुने बेला सांसद गौतमले उम्मेदवार वाग्लेलाई टीका लगाउँदै विजयको शुभकामना दिएको तस्बिर उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । सो तस्बिर देखेपछि नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले प्रश्न गरेका छन् ।

    ‘मध्यरातमै आचारसंहिता लाग्ने डरले तनहुँ छाडें। मलाई बुथ बुथमा जान हुन्न, किनभने म त्यहाँको मतदाता होइन भन्ने छाप परेको थियो। तस्वीरमा मा. सोबिता गौतमलाई देखेर मलाई पनि हत्तेरिका बस्नुपर्ने रहेछ भन्ने लाइराछ,’ बजागाईले लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २२ २०८१०९:५२:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend