मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

स्वास्थ्य प्रोटोकल मिचेको आरोपपछि डा.तोसिमा कार्कीले भनिन्– कसले भिडियो खिच्यो मलाई थाहा छैन

स्वास्थ्य प्रोटोकल मिचेको आरोपपछि डा.तोसिमा कार्कीले भनिन्– कसले भिडियो खिच्यो मलाई थाहा छैन

  • मिडिया डबली
  • शुक्रवार, माघ १३ २०७९

  • 2.4K
    SHARES

  • स्वास्थ्य प्रोटोकल मिचेको आरोपपछि डा.तोसिमा कार्कीले भनिन्– कसले भिडियो खिच्यो मलाई थाहा छैन

    काठमाडौं - सर्जन चिकित्सकसमेत रहेकी स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्की अस्पतालको आइसियुमा उपचाररता विरामीलाई भेट्न पुगेर स्वास्थ्य प्रोटोकल मिचेको आरोपमा विवादमा तानिएकी छन् ।

    आफूमाथि कीर्तिपुर अस्पताल र मेडिकल काउन्सिलले समेत छानबिन गरिरहेको थाहा पाएपछि कार्कीले सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेखेर प्रस्टीकरण दिएकी छन् ।

    संसद् भवनअघि सडकमा आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै थियो ।

    एक्कासि अस्पताल पुगेर आईसीयुमा उपचार गराइरहेका आचार्यलाई भेट्दै कार्कीले आफ्नो नामसमेत किन फेसबुकमा लेखेको भन्दै झपारेकी थिइन् । उनले त्यसो भनेको भिडियो तुरुन्तै सामाजिक सञ्जालमा भाइरल बन्यो । भिडियोमा कार्कीले ग्लोभ्ससमेत नलगाएको देखिन्छ ।

    चिकित्सकसमेत रहेकी कार्कीले स्वास्थ्य प्रोटोकल मिच्दै आईसीयुमा उपचाररत जलनका घाइते विरामीलाई भेटेपछि उनको चौतर्फी आलोचना भइरहेको छ । घटनाको तीन दिन बितिसक्दासमेत कार्कीले उचित जवाफ दिन सकेकी थिइन् ।

    तर शुक्रबार बिहान उनले लामो स्टाटस लेख्दै आफूले स्वास्थ्य प्रोटोकल नमिचेको, यदि गल्ती भएको भए सच्याउन तयार रहेको बताएकी छन् । ‘खबर सुन्नेबित्तिकै हतार हतार म र मेरो स्वकीय मात्र गएका थियौँ । हामी अस्पतालको गेटमा पुग्दा नै त्याहाँ उपस्थितहरुले ओहो राज्यमन्त्री आउनुभयो भन्दै हामीलाई माथी आईसियुसम्म पुर्याउन आउनुभयो्र । ड्युटीको डाक्टर भने आईसियुको ढोकासम्म मलाई लिन आउनुभएको थियो ।

    अहिले सबैको हातहातमा मोबाइल भएको अवस्थामा तत्पश्चात त्यहाँभित्र को कसलाई छिर्न दिइयो ? को को छिर्यो ? को छिरेन को बिरामी ? को अभिभावक ? को मिडिया थियो ? हामीलाई थाहा पनि भएन र कसले कहाँ कसरी किन कहाँबाट भिडियो खिच्यो ? त्यसबारेमा हामी जानकार पनि छैनौं ।

    यदि मिडियाबाजी नै गर्नु थियो त त्यहाँ अन्य भिजिटरहरुले मास्क नलाउनुभएको अवस्थामा म आफू पनि मास्क खोलेरै चिनिएरै फोटो खिचाउँथे होला,’ उनले लेखेकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १५ २०८००२:३८:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend