मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images
आजको बिशेष

तोसिमा कार्कीले मलामी जाँदा देखाउन नसकेको सोमत

तोसिमा कार्कीले मलामी जाँदा देखाउन नसकेको सोमत

  • मिडिया डबली
  • बिहिवार, आषाढ २८ २०८०

  • 3.6K
    SHARES

  • तोसिमा कार्कीले मलामी जाँदा देखाउन नसकेको सोमत

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्की अहिले आफूले बोलेका कुराले विवादमा छिन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन पेरिसडाँडा पुगेकी कार्कीले युट्युबरलाई दिएको भिडियो क्लिप्समा उनले बोलेका कुराले उनको सांसद पदकै हुर्मत लिएको छ ।

    नेपालीमा एउटा भनाइ प्रचलित छ, मलामी जॅादा मलम लगाउन सकिन्न भने नजानु। तर मलामी गएकी कार्कीले उल्टै प्रचण्डको घाउमा नुनचुक दलेको देखियो ।

    उनले बोलेको पूरै भिडियो हेर्दा पनि तोसिमाले सोमत देखाउन नसकेको प्रस्टै हुन्छ । भलै रास्वपाका कार्यकर्ता अहिले उनको बचाउमा लागेका किन नहुन् ।

    प्रधानमन्त्री भएर आफ्नी श्रीमतीको ख्याल गर्न नसक्ने भन्नु, प्रचण्डले कसरी सबैको ख्याल गर्न सक्छन् भनेर बोल्नुले तोसिमा सही हुन् भन्ने कसैलाई लाग्दैन ।

    अहिले प्रचण्डलाई जे बितेको छ, त्यो भोलि तोसिमाको घरमा पनि पर्छ यो प्राकृतिक कुरा हो । मलामी जाँदा धेरैले आफ्नो रिस देखाउँदैनन् ।

    भिडियोमा तोसिमाको प्रचण्डले कर्कलो घारी नै फाँडेको जस्तो देखिन्छ । च्याँठिएर बोल्ने उनको शैली पहिलेदेखि नै आलोचित छ ।

    युट्युबरलाई बोलाएर त्यसकै भरमा राजनीति गर्दा रास्वपाका सांसदहरूले सामाजिक मानमर्यादाको ख्याल गरेको नदेखिएको जनस्तरबाट गुनासो आउने गरेको छ । अहिले मात्र होइन, तोसिमाले यसअघि पनि यस्तै गाईजात्रा देखाएकी थिइन् ।

    डेढ महिने स्वास्थ्यराज्यमन्त्री भएका बेला इलामका प्रेमप्रसाद आचार्यले संसद् भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरे ।

    तत्काल सुरक्षाकर्मीले उद्धार गरी उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगेर भर्ना गरियो । आत्मदाह गर्नुअघि उनले सामाजिक सञ्जालमा धेरैको नाम लिएका थिए ।

    त्यसमा तोसिमा कार्की पनि पर्छिन् । भोलिपल्ट बिहानै तोसिमा बर्न अस्पताल पुगिन् । उनले जीवनमरणको दोसाँधमा रहेका आचार्यलाई मेरो नाम किन लिएको भनेर थर्काइन् ।

    जबकि आइसियुमा उपचाररत बिरामीको फोटो र भिडियो खिच्न हुन्न भन्ने तोसिमाले ख्याल गरेको पनि देखिएन । उनी आफैं चिकित्सक पनि हुन् । त्यहीबेलादेखि तोसिमा ओभर रेटेड सांसद हुन् भन्ने सबैले बुझेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १५ २०८००२:३८:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend