काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम वैवाहिक जीवनलाई लिएर चर्चामा आएकी छन् ।
काठमाडौं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी सोविताले चितवनका गृहेन्द्र घिमिरेसँग बिहे गरेकी हुन् । घिमिरे माओवादी निकट हुन् ।
गृष्मा ब्रोडकास्टिङ र हिमालय कर्पोरेसन गरी दुईवटा कम्पनीका सञ्चालक घिमिरे विवादित छवि भएका व्यक्ति हुन् । शक्तिकेन्द्रसँग नजिक हुन जुनसुकै हतकण्डा अपनाउन पछि नपर्ने घिमिरेविरुद्ध प्रहरीमा गाडी ठगी र अन्य उजुरी अझै निरुपणकै क्रममा छन् ।
उनी कुनै समयका फरार आरोपी पनि हुन् । उनले धेरै मानिसलाई ठगी गरेको, सातै प्रदेशमा सप्तरंगी कार्यक्रम चलाएर करोडौं रुपैयाँ नदिएको आरोप लागेका घिमिरे आफूलाई ठूलो घरानाको व्यक्ति देखाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मामाको साइनो लगाउने गर्छन् ।
जबकि प्रचण्डसँग उनको गोरु बेचेको साइनोसम्म नरहेको बताइन्छ । पहिलो घरबार बिग्रेपछि घिमिरे लामो समयदेखि एक्लै बस्दै आएका थिए । यही क्रममा घिमिरे र सोविताबीच प्रेम सम्बन्ध गाँसिएको हो ।
जब रास्वपाका नेताहरूले सोविता माओवादी निकट घिमिरेसँग प्रेम सम्बन्धमा रहेको थाहा पाए तब उनलाई जिम्मेवारी दिनै छाडियो ।
सांसद भए पनि सोविता अहिलेसम्म पार्टीको जिम्मेवारीमा छैनन् । पार्टीले अन्य नेता र सांसदलाई विभिन्न जिम्मेवारी दिँदा सोविता भने कर्नरमा पर्दै आएकी थिइन् ।
पार्टी नेतृत्वले नै बारम्बार अविश्वास गरेपछि सोविताले घिमिरेसँग गुपचुप बिहे गरेर जापान लागेको स्रोतले बतायो । विवाहपश्चात दुवैजना जापान लागेका छन् । सोविताले आफू केही दिनका लागि जापान जान लागेको पार्टीलाई जानकारी गराएकी थिइन् ।
व्यक्तिगत प्रयोजनले जान लागेको भनेर सन्देश पठाएको पार्टी स्रोतले बतायो । उनले विवाह गरेको विषयमा भने जानकारी दिएकी छैनन् । अचानक सोवताको विवाहको खबरले उनीहरु पनि चकित परेका छन् ।
सोविताले प्रतिनिधिसभामा प्रभावशाली भूमिका खेल्दै आएकी छन् । रास्वपाको बौद्धिक र जुझारु युवा अनुहारमा उनको नाम आउँछ । उनी कानूनकी विद्यार्थी हुन् । विगतमा टेलिभिजन कार्यक्रमको प्रस्तुतकर्ता र निर्माताका रुपमा पनि उनले काम गरेकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।