मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

तोसिमा कार्की स्टन्टबाज गर्न माहिर सांसद

तोसिमा कार्की स्टन्टबाज गर्न माहिर सांसद

  • मिडिया डबली
  • आइतवार, पौष १५ २०८०

  • 1.8K
    SHARES

  • तोसिमा कार्की स्टन्टबाज गर्न माहिर सांसद

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्की राजनीतिमा लागेपछि विभिन्न फन्डा गरेर चर्चामा आएकी छन् ।

    डा.गोविन्द केसीकी शिष्य केसी त्यही विरासतका आधारमा ललितपुर ३ बाट निर्वाचित भएकी थिइन् ।

    माओवादीले पम्फा भुसाललाई नभई अरु कुनै उम्मेदवार वा कांग्रेसलाई टिकट दिएको भए तोसिमाले कुनै पनि हालतमा जित्ने थिइनन् ।

    कांग्रेसभित्रको असन्तुष्टिकै फाइदा उठाउँदै तोसिमा विजयी भएकी थिइन् । तर यो एक वर्षमा विभिन्न चटक देखाएर उनले मतदाताको अपमान गरेकी छन् ।

    आफ्नो निर्वाचन क्षेत्रमा भन्दा बाहिरतिर धेरै चटक उनले देखाउने गरेकी छन् ।

    रास्वपाकी सांसद भए पनि उनी केपी ओलीको निगाहमा केही दिनका लागि स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन् ।

    मन्त्री भएर पनि उनी प्रेम आचार्यले आत्मदाह गर्दा अस्पतालको बेडमै पुगेर उनी विवादमा तानिएकी थिइन् ।

    उनको यस्तै चटकका कारण रवि लामिछानेले तोसिमालाई केन्द्रीय सदस्यसमेत बनाएका छैनन् ।

    जाजरकोटका भूकम्पपीडितलाई सहयोग गर्न भन्दै लामो समय उतै बिताएकी तोसिमा त्यहीँ पनि विवादमा तानिएकी थिइन् ।

    उनले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर विवादमा आएको थियो । अहिले फेरि उनी एउटा तस्बिरका कारण विवादमा तानिएकी छन् ।

    शनिबार सडकमा उभिएर उनले १७ हजार प्लस दुई लेखिएको प्लेकार्ड बोकेकी थिइन् । कोरियन भाषा परीक्षाका विषयमा उत्पन्न विवादले ललितपुरमा दुई युवकले ज्यान गुमाएका थिए ।

    जुन घटनामा राज्य नै दोषी देखिएको छ । प्रहरीले धैर्यता गुमाउँदा अनाहकमा दुईजनाले ज्यान गुमाएका थिए । यसमा माओवादी र जनयुद्धको गोरु बेचेको साइनो पनि छैन।

    माओवादी सरकारमा छ, त्यसैले ऊ जवाफदेही हुनुपर्छ। तर माओवादी मन नपरेकै कारण, प्रचण्ड मन नपरेकै कारण सशस्त्र युद्धमा भएको मृत्युलाई जोडेर टिप्पणी गर्नु तोसिमाको पूर्वाग्रह, पाखन्डपनको पराकाष्ठा हो।

    यो घटनाले तोसिमा बौद्धिक छवि नभएकी सांसद भन्दै सामाजिक सञ्जालमा टिप्पणी हुने गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ २८ २०८०१०:२९:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend