आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रविको पक्षबाट सोविता गौतमले बहस गर्ने

रविको पक्षबाट सोविता गौतमले बहस गर्ने

  • मिडिया डबली डेक्स
  • सोमवार, पौष २२ २०८१

  • 951
    SHARES

  • रविको पक्षबाट सोविता गौतमले बहस गर्ने

    काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा सोमबार रास्वपा सभापति रवि लामिछानेका वकिलले बहस गर्ने भएका छन्। 

    सात प्रतिवादीविरुद्ध जारी थुनछेक बहसमा आइतबारसम्म गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक पूर्व डीआईजी छविलाल जोशी तथा लीला पछाईका तर्फबाट बहस भएको छ। न्यायाधीश नितिज राईको इजलासमा जारी थुनछेक बहसमा जोशीका तर्फबाट ६ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन्। यसमध्ये वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस सकिएको छ भने पाँचजनाको बाँकी छ । 

    उनीहरूले बहस गर्न चाहेमा लामिछानेका तर्फबाट त्यसपछि मात्रै बहस शुरु हुने जिल्ला अदालतल कास्कीका श्रेस्तेदार राजन खनालले बताए। लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ र रास्वपा नेतृसमेत रहेकी अधिवक्ता सोविता गौतम लगायतले बहस गर्दैछन्। 

    लामिछानेपछि रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङका कानून व्यवसायीको बहस हुनेछ। प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी वकिलबाट जवाफी बहस हुनेछ। त्यसपछि मात्रै न्यायधीशले प्रतिवादीहरूलाई साधारण तारेख वा धरौटीमा छाड्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्नेछन्।

    वकालतनामा गरेका वकिलको संख्या धेरै हुँदा आदेश आउन अझै केही दिन लाग्ने देखिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend