काठमाडौं - सिन्धुपाल्चोक २ मा नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता कायम गरेका छन् । मंगलबार दिउँसो २ बजेसम्मको मतगणनाअनुसार बस्नेतले एमालेका शेरबहादुर तामाङलाई १६ सय मतले पछि पारेका छन् ।
बस्नेतले ५९ सय ५४ र तामाङले ४३ सय ८१ मत पाएका छन् । बस्नेतले सुरुदेखि नै तामाङलाई पछि पारेका हुन् । तामाङ सोही क्षेत्रका निवर्तमान सांसदसमेत हुन् । सिन्धुपाल्चोक २ एमालेको गढका रूपमा चिनिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।