सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

गठबन्धनको चुनावी सभामा माधव नेपालको खोजी, किन छन् गुमनाम ?

गठबन्धनको चुनावी सभामा माधव नेपालको खोजी, किन छन् गुमनाम ?

  • मिडिया डबली
  • आइतवार, कार्तिक २७ २०७९

  • 3.0K
    SHARES

  • गठबन्धनको चुनावी सभामा माधव नेपालको खोजी, किन छन् गुमनाम ?

    काठमाडौं - एकीकृत समाजवादी सत्तागठबन्धनको प्रमुख हिस्सेदार हो । माधव नेपाल केपी ओलीविरुद्ध लाग्दैनथे र एमाले विभाजन हुँदैनथ्यो भने यो गठबन्धन जन्मिँदैनथ्यो ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपालको ठूलो हात छ । आगामी चुनावमा पनि सत्तागठबन्धन मिलेर गएका छन् । त्यसैले देशभरका संयुक्त चुनावी सभामा माधव नेपाल पनि सहभागी हुनुपर्ने हो ।

    तर, उनी वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभामा देखिन छाडेका छन् । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने चुनावी सभामा नेपाल देखिएका छैनन् ।

    यसले गर्दा गठबन्धनमा चिसो पसेको छ । कुनै पनि दलको चुनावी सभालाई सबैले हेरिरहेका हुन्छन् । कसले के सम्बोधन गर्छ ? को कहाँ पुगेको छ ? भन्ने चासो सर्वत्र हुन्छ ।

    तर शीर्ष नेतामध्येकै माधव नेपाल आफ्नो निर्वाचन क्षेत्रमा मात्र सीमित भइदिँदा उनकै पार्टी एकीकृत समाजवादीका अन्य १८ उम्मेदवारलाई असहज भएको छ । कतिसम्म भने नेता नेपाल आफ्नै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा पनि उपस्थित भएनन् ।

    उनको अनुपस्थितिमा महासचिव बेदुराम भुसालले घोषणापत्र सार्वजनिक गरेका थिए । निर्वाचन आयोगले खुला चुनावी सभा गर्न दिएको समयभन्दा अगाडि नै गृहजिल्ला रौतहट गएका नेपाल उतै छन् । उनी आफ्नो निर्वाचन क्षेत्रमा मात्र केन्द्रित भएको बताइन्छ ।

    एमाले अध्यक्ष केपी ओलीको चौतर्फी घेराबन्दी, चुनावपछि एकीकृत समाजवादीको अस्तित्व नै समाप्त पारिदिने चेतावनी, आफ्नो पार्टीमा देखिएको केही असन्तुष्टिले चुनौती थपेपछि नेपाल आफ्नै निर्वाचन क्षेत्र केन्द्रित भएको बुझिएको छ । यतिबेला उनी रौतहटमा माओवादी छाडेर एमाले हुँदै अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहसँग मिलेर चुनाव प्रचारमा लागेको बताइन्छ ।

    रौतहटमा साहको पकड बलियो छ । रौतहट १ मा नेपाललाई र रौतहट ३ मा साहलाई सहयोग गर्ने गरी भित्री सहमति भएको स्रोतले बतायो । अहिले माधव नेपाल र प्रभु साह दुवै एमालेको चुनाव हराउ सूचीको पहिलो नम्बरमा रहेको बताइन्छ ।

    त्यही भएर माधव र प्रभुले जिल्ला नछाडेका हुन् । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आउन अब एक हप्ता मात्र बाँकी छ । निर्वाचन आयोगले मंसिर १ गतेसम्म खुला प्रचारप्रसारको समय तोकेको छ ।

    यतिबेला दलका शीर्ष नेताहरू आफ्नो चुनावी प्रचार छाडेर पार्टी उम्मेदवारलाई जिताउन ठूल्ठूला सहरमा चुनावी सभा गरिरहेका छन् ।

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीलाई आफू जित्न मात्र होइन, दलका उम्मेदवारलाई पनि जिताउनुपर्ने चिन्ता छ । तर, शीर्ष नेतामध्येमा पर्ने एकीकृत समाजवादीका अध्यक्ष नेपाल भने आफ्नो निर्वाचन क्षेत्रमा मात्र सीमित हुनु उचित नहुने सर्वसाधारणको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २४ २०७८१२:४२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend