काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को बैठकमा हुने छलफलको एजेण्डा आफुलाई जानकारी गराउन आग्रह गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई लिखित रुपमा नै पत्र पठाउँदै राष्ट्रपति भण्डारीले क्याविनेट बैठकमा छलफल गर्ने प्रस्तावका विषयमा आफुलाई पहिले नै जानकारी गराउन आग्रहसहितको पत्र पठाएकी हुन् ।
शुक्रवारको क्याबिनेट बैठकमा त्यस्तो पत्र आएको जानकारी मुख्यसचिवले बैठकलाई गराएपछि प्रधानमन्त्री शेरवहादुर देउवा भने झोक्किएका थिए ।
राष्टपति कार्यालयको पत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहिबार दर्ता भएको थियो । राष्टपति कार्यालयको पत्र मुख्यसचिव शंकरदास बैरागीले शुक्रवारको मन्त्रीपरिषद्को बैठकमा जानकारी गराएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।