काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजिनामा दिने तयारी गरेकी छन्। नागरिकता विधेयकसँग असन्तुष्ट देखिएकी भण्डारीले राजिनामा दिने तयारी गरेकी हुन्। मंगलबारको सत्ता गठबन्धनको बैठकपछि प्रधानमन्त्री देउवाले यसको खुलासा गरेका हुन्। अरु दलका नेताहरु हिंडेपछि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा भित्र पसे ।
उनीहरुसँग प्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रपति राजीनामा दिन्छु भनिरहनुभएको छ । दिने मूडमै हुनुहुन्छ भन्ने बुझें मैले । अब के गर्ने?’ देउवाको संक्षिप्त कुरा सकिंदा नसकिंदै रामचन्द्र पौडेलले भने, ‘उहाँलाई राजनीति गरेर पुगेको छैन भन्ने त थाहै थियो । एमालेमा ओलीपछिको नेता चाहिएको छ । बेला यही हो भन्ने उहाँहरुले ठाने जस्तो छ ।’
राष्ट्रपति भण्डारीको कार्यकाल सकिन लागेको, त्यसमाथि विगतदेखि नै दलीय राजनीतिको औजार बन्दै आएको नागरिकता विधेयकजस्तो संवेदनशील मुद्दामा राष्ट्रप्रमुख नै तानिने अवस्थामा यो मुद्दा आउँदो चुनावको सबैभन्दा गम्भीर सवाल बन्न सक्नेतर्फ कांग्रेस नेताहरुको ध्यान छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।