काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले चोलेन्द्रशमशेर राणालाई प्रधानन्यायाधीशकै हैसियतमा शितल निवास निम्त्याएकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले चोलेन्द्रशमशेर राणा निलम्बित अवस्थामै रहेको भन्दै उनलाई सर्वोच्च अदालत जान रोक लगाएका बेला राष्ट्रपति भण्डारीले भने उनलाई प्रधानन्यायाधीशकै हैसियतमा संविधान दिवसको कार्यक्रममा निम्ता गरेकी हुन्।
राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा सोमबार शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजना हुने कार्यक्रममा राणालाई प्रधान न्यायाधीशका हैसियतमा निम्ता गरेकी हुन्। राणामाथिको महाअभियोग सिफारिस संसद्को कार्यकाल सकिएका कारण अलपत्र परेका बेला राष्ट्रपति भण्डारीले संविधान दिवसको कार्यक्रममा राणालाई प्रधान न्यायाधीशकै हैसियतमा निमन्त्रणा पठाएकी हुन्।
उता सरकारले भने राणाका सबै सरकारी गाडीका सुविधासहित सेनालगायत सुरक्षाकर्मी फिर्ता लगिसकेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।