काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै ठाउँबाट पास भएको नागरिकता विधेयक २०७९ प्रमाणीकरण नगर्ने भएकी छन्। संसद्बाट पास भएर गएको विधेयक प्रमाणीकरणका लागि आज मंगलबार राति १२ बजेसम्म मात्रै समय छ।
राष्ट्रपति भण्डारीले दोस्रोपटक आफू कहाँ प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक प्रमाणीकरण गरेकी नगर्ने भएकी हुन्। आफूले दिएका १५ बुँदे सुझावहरूलाई संसद्ले बेवास्ता गरेर दोस्रोपटक जस्ताको त्यस्तै पठाएपछि असन्तुष्ट बनेकी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने भएपछि के हुन्छ भन्ने प्रश्न उठेको छ।
विधेयक २० भदौमा प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुगेको थियो। समयमा हिसाबले राष्ट्रपतिले आज मंगलबार राति १२ बजेसम्म नागरिकता विधेयक प्रमाणीकरण गरिसक्नुपर्छ। राष्ट्रपति भण्डारीले २९ साउनमा पहिलो पटक नागरिकता विधेयक फिर्ता गरेकी थिइन्। त्यसको दुई दिनपछि नै सत्तारुढ गठबन्धनले नागरिकता विधेयक हुबहु पास गर्ने निर्णय गर्यो।
२ भदौमा एकदिन छलफल गरेर सत्तारुढ दलहरूको बहुमतमा प्रतिनिधिसभाले विधेयक पास गर्यो भने राष्ट्रियसभाले विधायन समितिमा पठाउने औपचारिकता पूरा गरे पनि कुनै संशोधन भएन। राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय हुने राष्ट्रपति कार्यालयको दाबी छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।