काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति भण्ढारीसमक्ष पठाएको विधेयक संसदबाट पुनर्विचार गर्न आवश्यक रहेको भन्दै प्रतिनिधिसभामै फिर्ता पठाएकी हुन् ।
राष्ट्रपतिले विधेयक फिर्ता पठाएपछि वर्तमान सरकार असन्तुष्ट बनेको छ । सरकारले फेरि हुबहु विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने भएको छ । दोस्रो पटक भने राष्ट्रपतिले अस्वीकार गर्न मिल्दैन । त्यसैले उनले प्रमाणीकरण गर्नै पर्ने हुन्छ । एमालेको उक्साहटमा राष्ट्रपतिले विधेयक फिर्ता पठाएको नेताहरूको भनाइ छ ।
‘राष्ट्रपतिज्यूसमक्ष प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।