सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस नेता बस्नेत र मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता, के भयो कुराकानी ?

कांग्रेस नेता बस्नेत र मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता, के भयो कुराकानी ?

  • मिडिया डबली
  • मंगलवार, भाद्र २८ २०७९

  • 4.1K
    SHARES

  • कांग्रेस नेता बस्नेत र मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता, के भयो कुराकानी ?

    सिन्धुपाल्चोक - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको विकास र बजेटका विषयमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेटवार्ता गरेका छन् ।

    हेटौँडाको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार कार्यकक्षमा भएको भेटवार्तामा सिन्धुपाल्चोक जिल्लाको समग्र विकासका विषयमा छलफल भएको नेता बस्नेतले बताए । नेता बस्नेतले मख्यमन्त्री पाण्डेसँग सिन्धुपाल्चोकका बाढीपहिरो पीडित तथा भत्किाएका संरचना बनाएर बाढीपहिरो रोकथामका विषयमा विशेष आग्रह गरेका छन् ।

    नेता बस्नेतको आग्रहपछि मुख्यमन्त्री पाण्डेले सिन्धुपाल्चोकमा तत्कालका लागि केही बजेट छुट्याएर पठाएको र थप बजेट पठाउने आश्वासन दिएका छन् । मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिका क्षेत्रको बाढीपहिरो नियन्त्रणका लागि तत्कालका लागि १० करोड बजेट विनियोजन भएको जानकारी मुख्यमन्त्री पाण्डेले नेता बस्नेतलाई गराएका छन् ।

    पाण्डेले तत्काल ४ करोड बजेट सो क्षेत्रमा गइसकेको पनि उल्लेख गरे । पाण्डेले १० करोड तुरुन्त कार्यान्वयन गर्नका लागि पनि सम्बन्धित निकायलाई निर्देशन दिनुका साथै थप बजेट निकासा गर्ने प्रतिवद्धता दिएका छन् । नेता बस्नेतले सिन्धुपाल्चोकका दुबै क्षेत्रको विकासमा बराबरी बजेट दिनुपर्ने र प्राथमिकताका आधारमा काम अगाडि बढाउनुपर्ने माग गरेका छन् ।

    कांग्रेस नेता बस्नेतले मेलम्ची हेलम्बु, पाँचपोखरी बाढीपहिरोका विषयमा विशेष जोड दिएका थिए । क्षेत्र नं. १ अन्तर्गत बाह्रविसे, भोटेकोशी, त्रिपुरा, सुनकोशी, बलेफी, जुगललगायतका पालिकाहरुका विषयमा पनि उनले कुरा उठाएका छन् ।

    अघिल्लो सरकारको निर्णयानुसार प्रत्येक बाढीपीडितलाई घर बनाउने निर्णय गरेको थियो । नेता बस्नेतले विभिन्न सहयोगीहरुसँग सहयोग जुटाएर घर बनाइदिने आश्वासन दिनेवित्तिकै प्रदेश सरकारको सो निर्णय भएको थियो ।

    सो निर्णयलाई कार्यान्वयन गर्न बस्नेतले माग गरेका छन् । हेटौँडा र भरतपुरको सडक विस्तारको निर्णय कार्यान्वयन भए पनि हेटौँडाको सडाक विस्तार गर्ने निर्णय भए पनि कार्यान्वयन भएको थिएन ।

    सडक विस्तार गर्ने निर्णय कार्यान्वयन गर्न नेता बस्नेतले आग्रह गरेका छन् । नेता बस्नेतले हेटौँडालाई राजधानी बनाउने निर्णय भएको तर, पूर्वाधार नभएको भन्दै मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण गराएका छन् । सो विषयमा मुख्यमन्त्री पाण्डेले करीव ५६ विघा जग्गा शिवम् सिमेन्टको उद्योग नजिक रहेको स्थानमा केन्द्र सरकारसँग माग गरेको भन्दै सोही ठाउँमा राजधानीको प्रशासनिक पूर्वाधार बनाइने बताए । त्यसका लागि एक अर्बभन्दा धेरै रकम छुट्याएको उनले बताएका छन् । उनले नपुग रकम पनि छुट्याउने बताएका छन् ।

    नेता बस्नेतले हेटौँडादेखि काठमाडौं जोड्ने सडकको स्तारोन्नतिका लािग मुख्यमन्त्री पाण्डेसँग आग्रह गरेका छन् । सो विषयमा पनि मुख्यमन्त्री पाण्डेले केही रकम छुट्याएर काम गरिरहेको र सडक स्तारोन्नतिका लागि काम गरिरहेको बताए ।

    मुख्यमन्त्री पाण्डे र नेता बस्नेतबीच कार्यकक्षमा सम्वाद भएको थियो । मुख्यमन्त्री पाण्डे र नेता बस्नेतबीच भएको भेटवार्तामा आर्थिक मामिलामन्त्री शालिकराम जमरकट्टेल, बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौला, खानेपानी मन्त्रालयका सचिव मोहनकुमार शाक्यको उपस्थिति रहेको थियो ।

    उक्त भेटघाट कार्यक्रममा उद्योग वाणिज्य संघ मकवानपुरले सडक विस्तारका विषयमा आफ्नो ज्ञापन पत्र मुख्यमन्त्री पाण्डेलाई बुझाएका थिए ।

    प्रतिनिधिमण्डलमा कांग्रेस नेता विनोद जिसी, जिल्ला सदस्य कृष्णकुमार तामाङ (समिर), प्रदेश प्रतिनिधि मनोज तामाङ, प्रदेश प्रतिनिधि एवम् सञ्चारकर्मी रामचन्द्र दुलाल, क्षेत्रीय प्रतिनिधि ज्ञानेन्द्र थापा, कांग्रेसका कार्यकर्ता रामहरि बुढाथोकीलगायतका नेताहरु सहभागी थिए । मुख्यमन्त्री पाण्डेसँगको भेटमा मकवानपुर कांग्रेसका नेताहरु पनि सहभागी रहेका थिए ।

    Samir_tamanf_mohan Basnet.jpg

    Mohan_basnte.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २२ २०७७०५:५२:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend