सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारतद्वारा अफगानिस्तानलाई ३२ टन चिकित्सा सहायता प्रदान : विदेश मन्त्रालय

भारतद्वारा अफगानिस्तानलाई ३२ टन चिकित्सा सहायता प्रदान : विदेश मन्त्रालय

  • मिडिया डबली
  • बिहिवार, भाद्र २३ २०७९

  • 2.6K
    SHARES

  • भारतद्वारा अफगानिस्तानलाई ३२ टन चिकित्सा सहायता प्रदान : विदेश मन्त्रालय

    नयाँ दिल्ली - भारतले बिहीबार अफगानिस्तानलाई ३२ टन अत्यावश्यक औषधिहरू सहितको चिकित्सा सहायताको दशौं ब्याच आफ्नो चलिरहेको मानवीय सहायताको भागको रूपमा आपूर्ति गरेको छ।

    उक्त खेप काबुलको इन्दिरा गान्धी अस्पताललाई हस्तान्तरण गरिएको थियो। 'अफगानिस्तानका जनतालाई सहयोग गर्न संयुक्त राष्ट्र संघले गरेको अत्यावश्यक अपीललाई ध्यानमा राख्दै, भारतले अहिलेसम्म दश ब्याचमा ३२ टन चिकित्सा सहायता उपलब्ध गराएको छ, जसमा जीवन बचाउने औषधिहरू, क्षयरोग विरोधी औषधिहरू, कोभिडविरुद्धको पाँच लाख डोज खोपहरु लगायतका सामग्री छन्। 

    यी मेडिकल सामग्रीहरू विश्व स्वास्थ्य संगठन र इन्दिरा गान्धी बाल अस्पताल, काबुललाई हस्तान्तरण गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ। भारत अफगानिस्तानका जनतासँग विशेष सम्बन्ध जारी राख्न र उनीहरूलाई मानवीय सहायता प्रदान गर्न प्रतिबद्ध छ।

    चिकित्सा सहायता मात्र होइन, भारतले अफगानिस्तानलाई मानवीय सहायताका रूपमा गहुँ पनि उपलब्ध गराएको छ। भारतबाट मानवीय सहायताको २५ सय टन गहुँको पहिलो खेप फागुन २६ गते पाकिस्तान हुँदै अफगानिस्तानको जलालाबाद पुगेको थियो भने दुई हजार मेट्रिक टन गहुँ बोकेको भारतको मानवीय सहायताको दोस्रो काफिले मार्च ३ गते अटारी, अमृतसरबाट अफगानिस्तानको जलालाबाद प्रस्थान गरेको थियो ।

    यसबाहेक, भारतले दुई हजार मेट्रिक टन गहुँको तेस्रो खेप मार्च ८ मा अटारी-वाघा सीमा हुँदै ४० ट्रकमा अफगानिस्तान पठाएको थियो। यसैबीच, भारतीय टोलीले अफगानिस्तानमा मानवीय सहायता पुर्‍याउने कार्यको निरीक्षण गर्न काबुलको भ्रमण गरेको थियो र तालिवानका वरिष्ठ सदस्यहरूसँग भेट गरेको थियो। 

    भ्रमणका क्रममा सुरक्षा अवस्थाको समेत मूल्यांकन गरिएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार काबुलमा रहेको भारतीय दूतावास कहिल्यै बन्द भएको थिएन र स्थानीय कर्मचारीहरूले कन्सुलर सेवा प्रदान गर्दै आएका थिए।

    तालिबानले गत वर्ष अगस्ट १५ मा काबुलमा प्रवेश गरेको थियो, जसका कारण अमेरिका समर्थित सरकार हट्यो। पछि सेप्टेम्बरमा, संगठनले अफगानिस्तानको नयाँ अन्तरिम सरकारको गठनको घोषणा गर्‍यो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७१०:४१:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend