सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

पाँचै मन्त्री फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णयपछि हलचल, को को आउँदैछन् ?

पाँचै मन्त्री फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णयपछि हलचल, को को आउँदैछन् ?

  • मिडिया डबली
  • आइतवार, जेठ २२ २०७९

  • 4.9K
    SHARES

  • पाँचै मन्त्री फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णयपछि हलचल, को को आउँदैछन् ?

    काठमाडौं - एकीकृत समाजवादीले सरकारमा सहभागी पाँचै मन्त्री फिर्ता बोलाउने निर्णयपछि नेपालको राजनीतिमा हलचल मच्चिएको छ ।

    आइतबार स्थानीय चुनावको समीक्षा गर्न बसेको सचिवालय बैठकमा मन्त्री फेरबदलका विषयमा छलफल भएको हो। एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार मन्त्री फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने निर्णय गर्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिइएको छ ।

    हिले एकीकृत समाजवादीबाट पाँच जना मन्त्री सरकारमा सहभागी छन्। विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री, प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, रामकुमारी झाँक्री सहरी विकासमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र गोविन्दप्रसाद शर्मा (गोविन्द बन्दी) कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री छन्।

    एकीकृत समाजवादीले ६ महिनाका लागि भनेर सरकारमा पठाएको थियो। समय भएकाले हेरफेरका विषयमा छलफल भएको उपमहासचिव तुलाधरको भनाइ छ।

    कसलाई फिर्ता बोलाउने र कसलाई पठाउने भन्ने टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ। गोविन्द बन्दीबाहेक सबै मन्त्री फिर्ता हुने बुझिएको छ । मेटमणि चौधरी, कलिला खातुन, सोमप्रसाद पाण्डे मन्त्री बन्ने सूचीमा रहेको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक २४ २०७७११:०२:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend