सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
स्थानीय तह निर्वाचन

काठमाडौंमा कांग्रेसका दुई मोहन बस्नेत, दुवैले जिते मेयर

काठमाडौंमा कांग्रेसका दुई मोहन बस्नेत, दुवैले जिते मेयर

  • मिडिया डबली
  • शनिवार, जेठ ७ २०७९

  • 5.9K
    SHARES

  • काठमाडौंमा कांग्रेसका दुई मोहन बस्नेत, दुवैले जिते मेयर

    काठमाडौं - काठमाडौंमा कांग्रेसका दुईजना मोहन बस्नेत जो अहिले निकै चर्चित छन् । ०७४ को स्थानीय निर्वाचनमा पनि यी दुवैले प्रशंसा बटुलेका थिए ।

    यसपटक पनि दुवै नागार्जुन र दक्षिणकाली नगरपालिकामा मेयरमा निर्वाचित भएका छन् । पाँच वर्षमा जनताको पक्षमा काम गरेकाले पनि यी दुवैले दोस्रो कार्यकालका लागि जनअनुमोदन भएका छन् ।

    संयोग पनि कस्तो छ भने दुवैले एमालेका उम्मेदवारलाई नै पराजित गरेका छन् । जसअनुसार काठमाडौंको नागार्जुन नगरपालिकाको मेयरमा कांग्रेसका मोहनबहादुर बस्नेत १० हजार एक सय ८६ मत ल्याएर पुनः मेयरमा निर्वाचित भएका छन्।

    उनले एमालेका नन्दनहरि गौतमलाई १८०० मतान्तरले हराए। गौतमले आठ हजार ३६८ मत पाएका छन्। राप्रपाका उम्मेदवार ध्रुवप्रसाद खनालले २४६९ मत पाएका छन्। उपमेयरमा भने एमालेकी उम्मेदवार सुशीला अधिकारी ९४७४ मत ल्याएर विजयी भइन्।

    उनकी निकटतम प्रतिद्वन्द्वी राप्रपाकी कल्पना नेपालीले २७५३ मत पाइन्। कांग्रेससँग गठबन्धन गरेको समाजवादीका कृष्णहरि खत्रीले २१२६ मत पाए। नागार्जुनमा बस्नेत निकै लोकप्रिय छन् ।

    सो क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका छन् । तर, स्थानीय तहको निर्वाचनमा कांग्रेसले बलियो पकड कायम गरेको छ ।

    यस्तै, काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा कांग्रेसकै अर्का मोहन बस्नेत निर्वाचित भएका छन् । बस्नेतले एमालेकै उम्मेदवार श्रीराम आचार्यलाई दुई हजार नौ मतअन्तरले पराजित गरे ।

    बस्नेतले सात हजार २०१ र आचार्यले पाँच हजार १९२ मत पाए । बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।

    कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा निर्वाचित भएकी छन् । उनले एमालेकी इन्दिरा न्यौपानेलाई दुई हजार ७९३ मत अन्तरले पराजित गरेकी हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २२ २०७७०५:५२:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend