काठमाडौं - काठमाडौंको दक्षिणकाली नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको छ । कांग्रेसका मोहन बस्नेतले एमालेका श्रीराम आचार्यलाई दुई हजारभन्दा बढी मतले पराजित गरेका हुन् ।
बस्नेतले ७२०० मत ल्याए भने एमालेका आचार्यले ५२ सय मत पाएका छन् । नगरपालिकाको उपप्रमुखमा कांग्रेसकी बसन्ती तामाङ विजयी भएकी छन् । उनले ७६०० मत पाइन् ।
बस्नेत र तामाङ अघिल्लो निर्वाचनमा पनि विजयी भएका थिए । नगरपालिकामा कांग्रेसले गठबन्धन गरेको थियो । कांग्रेसले ६ वटा वडामा जितेको छ भने एमालेले दुई र माओवादी केन्द्रले वडा नम्बर ८ जितेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।