सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अफगानिस्तानमा पाकिस्तानी हवाई हमलामा सर्वसाधारणको ज्यान गएकोप्रति यूनामाद्वारा गम्भीर चिन्ता व्यक्त

अफगानिस्तानमा पाकिस्तानी हवाई हमलामा सर्वसाधारणको ज्यान गएकोप्रति यूनामाद्वारा गम्भीर चिन्ता व्यक्त

  • मिडिया डबली
  • बिहिवार, बैशाख १५ २०७९

  • 5.5K
    SHARES

  • अफगानिस्तानमा पाकिस्तानी हवाई हमलामा सर्वसाधारणको ज्यान गएकोप्रति यूनामाद्वारा गम्भीर चिन्ता व्यक्त

    काबुल - अफगानिस्तानमा संयुक्त राष्ट्र संघीय नियोग (यूनामा) ले अफगानिस्तानको खोस्ट र कुनार प्रान्तहरूमा पाकिस्तानको हवाई आक्रमणमा सर्वसाधारणको मृत्युको रिपोर्टको बारेमा गम्भीर चिन्ता व्यक्त गरेको छ।

    'शनिबार राति खोस्ट र कुनार प्रान्तमा भएको हवाई आक्रमणमा महिला र बालबालिकासहित सर्वसाधारणको ज्यान गएको रिपोर्टबाट युनामा गम्भीर चिन्तित बनेको छ। नागरिकहरू कहिल्यै निशानामा पर्नु हुँदैनन्। यूनामाले वास्तविक क्षतिको तथ्यहरू संकलन गर्न र क्षतिको मात्रा प्रमाणित गर्ने काम गरिरहेको छ,' यूनामाले ट्वीट गरेको छ।

    यसैबीच, तालिबानले पाकिस्तानी राजदूतलाई बोलाएर हालै भएको हवाई हमलाबारे पाकिस्तान सरकारको ध्यानाकर्षण गराएका छन्। 

    खोस्ट र कुनार प्रान्तका स्थानीय अधिकारीहरूले शनिबार पाकिस्तानी विमानले प्रान्तका विभिन्‍न भागमा गरेको हवाई आक्रमणमा पाँच बालबालिका र एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन्।

    खामा प्रेसका अनुसार पाकिस्तानी विमानले शुक्रबार राति प्रान्तको पेसा मिला र मिर सफार क्षेत्रमा बमबारी गरेको खोस्ट प्रान्तका अधिकारीहरूले बताएका छन्। जबकि, खोस्ट प्रान्तको स्पेरा जिल्लामा भएको हवाई आक्रमणमा दुई परिवारका ३३ जनाको मृत्यु भएको प्रान्तका स्थानीय बासिन्दाले बताएका छन् ।

    साथै पाकिस्तानले गरेको हवाई हमलामा पाँच बालबालिका र एक महिलाको मृत्यु भएको कुनार प्रान्तको शाल्तान जिल्लाका स्थानीय बासिन्दाले बताएका छन् ।

    यसबारे पाकिस्तान सरकार वा अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले बम विष्फोटबारे कुनै प्रतिक्रिया दिएको छैन। पाकिस्तानी मिडियाले बम विष्फोटले ती प्रान्तहरूमा तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी), पश्तुन इस्लामवादी लडाकु समूहहरूलाई लक्षित गरेको बताएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र २५ २०७८०२:५९:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend