नयाँदिल्ली - अफगानिस्तानबाट अमेरिकी सेनाहरु फिर्ता गर्दा आतंकवादी संकट निम्तिएको भन्दै भारतले बाइडेन प्रशासनको निन्दा गरेको छ । अमेरिकी सेना फिर्ता भएसँगै तालिबानी समूहले आक्रमणलाई तीव्र बनाउँदै लगेको र अन्ततः काबुल कब्जा गरेको बताइएको छ ।
अमेरिकी सेना फिर्ता हुँदा अमरिका आफैं र छिमेकी मुलुकहरुलाई पनि खतराको स्थिति सिर्जना भएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किरबेले करिब २४ बिलियन डलर बराबरको सैन्य उपकरणहरु छुटेको बताएका छन् ।
उनले उक्त हतियारले अमेरिका र अन्य छिमेकी मुलुकहरुलाई कुनै खतरा नहुने दाबी गरे पनि भारतले भने अमेरिकाले यस क्षेत्रमा आतंकवादी संकट सिर्जना गरेको आरोप लगाएको छ । भारतीय अधिकारीहरुले अफगानिस्तान मिसनका प्रमुखलाई यसबारे स्पष्ट पार्न आग्रह गरेका छन् ।
उक्त हतियारहरुले पाकिस्तानका लागि खतरा पैदा नगर्ने भए पनि अन्य मुलुकलाई भने खतरा पैदा गर्ने अमेरिकी विश्लेषण रहेको छ । तालिबान पाकिस्तानको खुफिया एजेन्सी आईएसआईको नियन्त्रणमा रहेकोले पाकिस्तानका लागि खतरा नहुने भए पनि अन्य मुलुकका लागि भने खतरा हुने भारतको टिप्पणी रहेको छ ।
पाकिस्तानी कूटनीतिज्ञहरुले भने पाकिस्तानले तालिबानलाई प्रोक्सीको रूपमा प्रयोग गर्ने बताएका छन् । यसअघि तालिबानलाई आर्थिक, सैन्य र लडाकू सहयोग गर्ने पाकिस्तान प्रमु मुलुक भएका कारण पनि पाकिस्तानलाई उक्त हतियारहरुले खासै फरक नपर्ने बरु त्यसको लाभ लिनसक्ने जनाइएको छ ।
चीन र पाकिस्तानसँग खासै राम्रो सम्बन्ध नभएको भारत र साना मुलुकहरु बंगलादेश, नेपालर भुटानलगायतको दक्षिण एसियाली क्षेत्रमा यसले आतंक फैलाउनसक्ने प्रति चिन्ता बढेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।