बिहिवार, आश्विन ७ २०७८Sep 23 2021

Logo
images
images
images

अफगानिस्तानबाट सेना फिर्ता गर्दा आंतकवादी संकट आएको भन्दै भारतद्वारा निन्दा 

अफगानिस्तानबाट सेना फिर्ता गर्दा आंतकवादी संकट आएको भन्दै भारतद्वारा निन्दा 

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २५ २०७८

  • 765
    SHARES

  • अफगानिस्तानबाट सेना फिर्ता गर्दा आंतकवादी संकट आएको भन्दै भारतद्वारा निन्दा 

    नयाँ दिल्ली - अफगानिस्तानबाट अमेरिकी सेनाहरु फिर्ता गर्दा आतंकवादी संकट निम्तिएको भन्दै भारतले बाइडेन प्रशासनको निन्दा गरेको छ । अमेरिकी सेना फिर्ता भएसँगै तालिबानी समूहले आक्रमणलाई तीव्र बनाउँदै लगेको र अन्ततः काबुल कब्जा गरेको बताइएको छ । 

    अमेरिकी सेना फिर्ता हुँदा अमरिका आफैं र छिमेकी मुलुकहरुलाई पनि खतराको स्थिति सिर्जना भएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किरबेले करिब २४ बिलियन डलर बराबरको सैन्य उपकरणहरु छुटेको बताएका छन् । 

    images

    उनले उक्त हतियारले अमेरिका र अन्य छिमेकी मुलुकहरुलाई कुनै खतरा नहुने दाबी गरे पनि भारतले भने अमेरिकाले यस क्षेत्रमा आतंकवादी संकट सिर्जना गरेको आरोप लगाएको छ । भारतीय अधिकारीहरुले अफगानिस्तान मिसनका प्रमुखलाई यसबारे स्पष्ट पार्न आग्रह गरेका छन् । 

    उक्त हतियारहरुले पाकिस्तानका लागि खतरा पैदा नगर्ने भए पनि अन्य मुलुकलाई भने खतरा पैदा गर्ने अमेरिकी विश्लेषण रहेको छ । तालिबान पाकिस्तानको खुफिया एजेन्सी आईएसआईको नियन्त्रणमा रहेकोले पाकिस्तानका लागि खतरा नहुने भए पनि अन्य मुलुकका लागि भने खतरा हुने भारतको टिप्पणी रहेको छ । 

    पाकिस्तानी कूटनीतिज्ञहरुले भने पाकिस्तानले तालिबानलाई प्रोक्सीको रूपमा प्रयोग गर्ने बताएका छन् । यसअघि तालिबानलाई आर्थिक, सैन्य र लडाकू सहयोग गर्ने पाकिस्तान प्रमु मुलुक भएका कारण पनि पाकिस्तानलाई उक्त हतियारहरुले खासै फरक नपर्ने बरु त्यसको लाभ लिनसक्ने जनाइएको छ । 

    चीन र पाकिस्तानसँग खासै राम्रो सम्बन्ध नभएको भारत र साना मुलुकहरु बंगलादेश, नेपालर भुटानलगायतको दक्षिण एसियाली क्षेत्रमा यसले आतंक फैलाउनसक्ने प्रति चिन्ता बढेको हो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र २५ २०७८०७:१२:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology