बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

जनकपुरधाममा चीनसँग गरिएकाे सम्झाैता जलाइयाे

जनकपुरधाममा चीनसँग गरिएकाे सम्झाैता जलाइयाे

  • मिडिया डबली
  • सोमवार, चैत्र १४ २०७८

  • 3.3K
    SHARES

  • जनकपुरधाममा चीनसँग गरिएकाे सम्झाैता जलाइयाे

    जनकपुरधाम – चीनसँग भएको ९ बुँदे सम्झौताकाे विराेध गर्दै जनकपुरधाममा साे सम्झाैताकाे प्रतिलिपी राष्ट्रघाती रहेकाे भन्दै जलाइएकाे छ ।

    आइतवार जनकपुरधामकाे जनक चाैकमा राष्ट्रिय एकता अभियान जनकपुरधामका संयोजक मनीष हिन्दू र धनुषा जिल्ला सदस्य जय कुमार यादवको नेतृत्वमा साे सम्झाैता जलाइएकाे हाे ।

    अभियानका अभियन्ताहरुले  ‘नौ बुँदे सम्झौता धोका हो, चिनियाँ विस्तारवाद धाेका हो यसलाई बन्द गर, बीआरआई सम्झौता सार्वजनिक गर, चिनियाँ विस्तारवाद मुर्दावाद’ गाे ब्याक चाइना लगायतका नारा लगाउँदै नगरमा र्‍यालीसहित प्रदर्शन गरेका हुन ।

    प्रदर्शनकारीले सोही क्रममा चीनसँग भएको सम्झौताकाे प्रतिलिपी समेत जलाएका छन् । सम्झाैताकाे खारेजीको माग पनि उनीहरुले गरेका छन् । रेलको नाममा चिनियाँ सेनाको विस्तार बन्द गर, अघोषित नाकाबन्दी खुल्ला गर, नेपाली विधार्थीहरुको पढ़ाइ सूचारु गर, पोखरा एयरपोर्टमा भएको भ्रष्टाचारको छानवीन गर जस्ता नारा समेत प्रदर्शनकारीहरूले लगाएको थिए ।

    अभियानका अध्यक्ष विनय यादवले चीनले नेपालमा विस्तार गरेर सैन्य गतिविधी बढाउन खोजेको आरोप लगाए।  दुई दिनअघि चीनका विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आएको बेला नेपाल सरकारसँग नौ बुँदे सम्झौता भएकाे थियाे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend