इस्लामावाद - पाकिस्तानी प्रधानमन्त्री इमरान खानका सल्लाहकार अब्दुल रजाक दाउदले भारतसँगको व्यापार आजको आवश्यकता भएको बताएका छन्। प्रधानमन्त्रीका वाणिज्य, कपडा, उद्योग तथा उत्पादन तथा लगानी सल्लाहकार दाउदले भारतसँगको व्यापार अहिलेको आवश्यकता र दुवै देशका लागि फाइदाजनक भएको बताएका हुन्।
भारत र पाकिस्तानबीचको आपसी द्वन्द्वका कारण दुबै देशबीचको व्यापारमा गिरावट आएको थियो। तर, कोरोना महामारीले पाकिस्तानको अर्थतन्त्र नै संकटमा पर्ने स्थिति सिर्जना भएपछि पाकिस्तानी प्रधानमन्त्रीका सल्लाहकारले भारतको साहरा खोजेका हुन्।
उनले रुसले पनि पाकिस्तानमा निर्माण र पाइपलाइन क्षेत्रमा लगानी गर्न चाहेको बताएका छन्। ‘जहाँसम्म वाणिज्य मन्त्रालयको सवालमा हामी भारतसँग व्यापार गर्ने हो। र मेरो अडान हामीले भारतसँग व्यापार गर्नुपर्छ र यसलाई अहिले नै खुला गरिनुपर्छ,' उनले भने।
दाउदले पाकिस्तानको ट्रेड डेभलपमेन्ट अथोरिटीले आयोजना गरेको इन्जिनियरिङ र हेल्थकेयरसम्बन्धी प्रदर्शनीमा मिडियासँगको कुराकानीमा भने, 'भारतसँगको व्यापार सबैका लागि विशेष गरी पाकिस्तानका लागि लाभदायक छ। र म समर्थन गर्छु।'
रुस निर्माण उद्योगमा लगानी गर्न र पाइपलाइन बिछ्याउन इच्छुक भएको र अफगानिस्तानमा निकासीको बारेमा सल्लाहकारले आफ्नो मन्त्रालयले अफगानिस्तान (पाकिस्तानी रुपैयाँमा) निर्यात गर्ने वस्तुको संख्या १७ पुगेको बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।