सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पाकिस्तानी आतंकवादीले इण्डिया गेट, प्रहरी हेडक्वार्टरलगायत १० स्थानमा रेकी गरेको खुलासा 

पाकिस्तानी आतंकवादीले इण्डिया गेट, प्रहरी हेडक्वार्टरलगायत १० स्थानमा रेकी गरेको खुलासा 

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ४ २०७८

  • 5.8K
    SHARES

  • पाकिस्तानी आतंकवादीले इण्डिया गेट, प्रहरी हेडक्वार्टरलगायत १० स्थानमा रेकी गरेको खुलासा 

    नयाँदिल्ली - भारतमा पक्राउ परेका पाकिस्तानी आतंकवादीहरुले केही वर्षअघि इण्डिया गेट, प्रहरी हेटक्वार्टरलगायतका १० ठाउँहरुमा रेकी गरेको खुलेको छ। दिल्ली प्रहरीको विशेष सेलले मंगलबार पक्राउ गरेका पाकिस्तानी आतंकवादीले राष्ट्रिय राजधानी नयाँ दिल्लीका विभिन्न १० स्थलहरुमा रेकी गरेको पाइएको हो।

    पक्राउ परेको अभियुक्त मोहम्मद अशरफले २०११ दिल्ली उच्च अदालत बम विष्फोट हुनुभन्दा पहिले पनि रेकी गरेका थिए। सन् २०११ को विस्फोटका क्रममा उनको पनि तस्बिर देखिएपछि सोधपुछका क्रममा उच्च अदालत परिसरमा रेकी गरेको खुलेको हो। तर, विस्फोटमा उनको संलग्नताबारे भने स्पष्ट नभएको बताइएको छ। 

    यसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। उनको संलग्नताबारे अहिलेसम्म कुनै प्रमाण नभेटिएको र स्रोतहरूले जनाएका छन्।  यसबाहेक उनले आईटीओस्थित पुलिस मुख्यालयको पनि रेकी गरेका थिए। उनले खुलासा गरे कि उनले धेरै रेकी गरेको तर,धेरै जानकारी प्राप्त गर्न नसकेकोसमेत उनले स्वीकार गरेका छन्। उनले प्रहरी मुख्यालयबाहिर धेरै समय रोक्न अनुमति नभएका कारण समस्या भएको बताएका छन्। 

    उनले आईएसबीटीको पनि रेकी गरेको र सूचना पाकिस्तानी ह्यान्डलरलाई उपलब्ध गराइएको बताइएको छ। उनले इण्डिा गेटको पनि रेकी गरेको पाइएको छ। उनले भारतको राजधानी नयाँ दिल्लीका विभिन्न १० वटा ठाउँहरुको रेकी गरेको बताएका हुन्। 

    उनले भीआईपी क्षेत्रहरु लक्षितमा भएको हताहत धेरै हुने क्षेत्रहरुको पहिचान गर्न रेकी गरेको बयान दिएकोसमेत स्रोतले जनाएको छ। उनले आतंकवादी कारबाही गर्न चाहेको ठाउँको बारेमा अहिलेसम्म खुलाएका छैनन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २२ २०७९१०:५८:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend