इस्लामाबाद - पाकिस्तानको सिन्ध प्रान्तीय मन्त्रीले पानीको मुद्दा उठाएका कारण आफुबिरुद्ध झुटो अभियोग लगाईएको टिप्पणी गरे ।
सिन्ध प्रान्तका सिंचाई मन्त्री सोहेल अन्वर सिअलले आफुले पानीको समस्याबारे आवाज उठाएपछि नेसनल अकाउन्टेबिलिटी ब्यूरो (न्याब) ले झुटो अभियोग लगाएको बताए ।
भ्रष्टाचार तथा आर्थिक अनियमितता विरोधी निकाय न्याबले सिंचाई मन्त्री सिअलमाथि अकुत सम्पत्तिको अभियोगमा अनुसन्धान गरिरहेको छ । तर, मन्त्री सिअलले भने आफ्नो प्रान्तमा पानीको अभाव र समस्याबारे आवाज उठाउँदै आएपछि न्याबले विभिन्न आर्थिक अनियमितताको आरोप लगाएको बताउँदै आएका छन् ।
सिन्ध प्रान्तीय पूर्व गृहमन्त्री समेत रहेका सिअलले प्रधानमन्त्री इमरान खानसँग भेटवार्ता गरेपछि प्रेस सम्मेलनमा यस्तो बताएका हुन् । भर्खरै मात्र पनि सिन्ध प्रान्तमा भएको पानी र सिंचाईको समस्याबारे प्रधानमन्त्री खानसँग वार्ता गरेको उनले बताए । साथै न्याबको आरोप झुटो रहेको सिअलले टिप्पणी गरे । इन्दुस रिभर प्रणाली प्राधिकरण (आईआरएसए) ले सिन्धप्रति पक्षपात गर्दै पानी वितरण नगरेको आलोचना गर्दै आएका सिअलले यहि बिषयका कारण आफुमाथि न्याबले बदला लिन खोजेको टिप्पणी गरे ।
आईआरएसए को सम्झैता र प्रावधान अनुसार सिन्ध प्रान्तमा पानी तथा सिंचाई वितरण नभएको र लामो समययता अन्ययामा परेको सिअलले बताए । आईआरएसए ले पञ्जाब प्रान्तमा मात्र पानी वितरण गर्ने र सिन्ध प्रान्तमा भने प्रावधान अनुसार समेत पानी वितरण नगरेको उनले बताए ।
उनले आईआरएसएले पञ्जाब सरकारसँग मिलेमतो गरी सिन्धलाई अन्यायमा पारेको साथै पीटीआई दल नेतृत्वको सरकारले समेत सिन्धलाई बेवास्ता गरेको टिप्पणी गरे । सिन्धमा पानी अभावका कारण कपास खेतीका लागि किसानहरु चिन्तित रहेको सिअलले बताए । आफुले सिन्ध प्रान्तको अधिकार र हकको माग गरेको उनले बताए ।
साथै सिन्ध संसदले आईआरएसए अध्यक्ष बर्खास्त गर्नेबारे प्रस्ताब पारित गरेको पनि मन्त्री सिअलले बताए । यता, न्याबले भने सिअलमाथि अकुत सम्पत्ति कमाएको अभियोगमा सन् २०१८ यता अनुसन्धान जारी रहेको र यहि जनवरि बाट पुन नयाँ छानबीन सुरु भएको बताएको छ । सिअलले पानीको बिषय जोडेर न्याबमाथि झुटो आरोप लगाईरहेको न्याबले बताएको छ । स्रोत द न्युज
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।