सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

हमीद मिरलाई हटाउँदा पाकिस्तानी समाज र सैन्य प्रतिष्ठानले ठूलो क्षति

हमीद मिरलाई हटाउँदा पाकिस्तानी समाज र सैन्य प्रतिष्ठानले ठूलो क्षति

  • मिडिया डबली
  • शुक्रवार, जेठ २८ २०७८

  • 9.1K
    SHARES

  • हमीद मिरलाई हटाउँदा पाकिस्तानी समाज र सैन्य प्रतिष्ठानले ठूलो क्षति

    काठमाडौँ- युरोपियन फाउन्डेसन फर साउथ एसियन स्टडिज् (ईएफएसएएस) ले पाकिस्तानमा जियो न्युजबाट प्रतिबन्ध लगाइएका पत्रकार हमिद मिरलाई हटाउँदा पाकिस्तानी समाज र सैन्य प्रतिष्ठानमा ठूलो क्षति पुग्ने ठहर गरेको छ । 

    पाकिस्तानमा हरेक समूहले मानवअधिकार र स्वतन्त्रताको पक्षमा वकालत गर्ने भए पनि सरकार र सैन्य प्रतिष्ठानले भने उनीहरुलाई दमन गर्ने गरेको पाइएको छ । तर, पनि मानवअधिकार र स्वतन्त्रताको पक्षमा वकालत गर्ने साहसी पत्रकारहरुको समूहमाथि पनि आक्रमण गर्ने भएकोप्रति ईएफएसएएसले आपत्ति जनाएको छ । 

    ती पत्रकारहरुमाथि थप खतरा रहेको पनि ईएफएसएएसले औंल्याएको छ । उनीहरूको बढ्दो खतरामा पुग्ने योगदानको फाइदा भावी पुस्ताले मात्र महसुस गर्न सक्ने तर उनीहरूले दिगो, क्रूर र ज्यादै अविवेकी वैमनस्यताको बाबजुद पनि दृढ भइरहेका छन् । मानवअधिकारको पक्षमा बलियो भएर उभिने साहसी पत्रकारमध्ये एक हुन हमिद मिर । सन् २०१४ मा उनको हत्या गर्ने प्रयास भएको थियो । उनलाई पटक पटक गोली हानियो र बारम्बार उनीमाथि प्रतिबन्ध लगाइयो भने रोजगारी गुमाउनुपर्यो । 

    मीरलाई फेरि आफ्नो कार्यक्रममा सेनाको आलोचना गरेको भन्दै उनलाई जीओ न्युजले प्रतिबन्ध लगाएको छ । मीरलाई जागिरबाट निकालिए पनि उनले आफूमाथि भएको अन्यायविरुद्ध आवाज उठाउने र अदालत जाने बताएका छन् । 

    द गार्डियनमा लेख्दा मीरले ती घटनाहरूको बयान गरेका छन् । उनले आफूमाथिको प्रतिबन्धले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको योजनाको एक अंश भएको बताएका छन् । सरकार र सेनाले पाकिस्तानमा प्रेस स्वतन्त्रतालाई कुल्चिनका लागि विभिन्न प्रयासहरु गरेको इएफएसएएसले जनाएको छ ।  

    पत्रकार, वकिल र नागरिक समाजका कार्यकर्ताहरूले पाकिस्तानी एक पत्रकारमाथि सेनाले गरेको दुव्र्यहारबारे आवाज उठाइरहेको बेला मीर आफ्नो कार्यक्रममार्फले सेनाले ज्यादती गर्न लागेको बताएका थिए । पाकिस्तानमा मीरलगायतका पत्रकार, नागरिक समाज, कानुन व्यवसायीमाथि पाकिस्तानी सरकारले गरिरहेका हमलाले पाकिस्तानी समाजमा ठूलो क्षति पुर्याउनसक्ने ईएफएसएएसले जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २२ २०७९१०:५८:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend