आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पेट्रोलिय पदार्थको मूल्यवृद्धि गरेको भन्दै इमरान खान सरकारको चर्को आलोचना

पेट्रोलिय पदार्थको मूल्यवृद्धि गरेको भन्दै इमरान खान सरकारको चर्को आलोचना

  • मिडिया डबली
  • आइतवार, फाल्गुण ८ २०७८

  • 6.6K
    SHARES

  • पेट्रोलिय पदार्थको मूल्यवृद्धि गरेको भन्दै इमरान खान सरकारको चर्को आलोचना

    इस्लामावाद - प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै विपक्षीहरुले चर्को आलोचना गरेका छन्। पाकिस्तान तेहरिक इ इन्साफ (पीटीआई) सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै सरकारको आलोचना गरेका हुन्। 

    सरकारले एक महिनामा दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिसकेको छ। यससँगै मंगलबार पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। सरकारले मंगलबार पेट्रोलको मूल्य प्रतिलिटर १२.०३ रुपैयाँ वृद्धि गरेको हो। 

    एक भिडियो सन्देश जारी गर्दै सिन्ध सरकारका प्रवक्ता मुर्ताजा वहावले पीटीआई नेतृत्वको सरकारले मूल्यवृद्धि गरेको भन्दै चर्को आलोचना गरेका हुन्। 

    उनले कोरोना महामारीका कारण थलिएका पाकिस्तानी नागरिकलाई सरकारले थप संकटमा पार्न पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको बताएका छन्। उनले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर पाकिस्तानी सरकामाथि एटम बम प्रहार गरेकोसमेत बताएका छन्। 
    त्यसैगरी विपक्षी नेता जमात इ इस्लामीका प्रमुख सिराज उल हकले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा आफ्नै रेकर्ड तोडेको बताएका हुन्। 

    पाकिस्तान सरजमिन पार्टीका प्रमुख मुस्ताफा कमालले एक असफल सरकारले गरिबहरुलाई निमिट्यान्‍न पार्ने रणनीति लिएको कारण लगातार दैनिक उपभोग्य वस्तुसहित पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बताएका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष ११ २०७९११:४१:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend