इस्लामावाद - गिलगिट-बाल्टीस्तानको चुनावमा प्रधानमन्त्री इमरान खान नेतृत्व सरकार र उनको पार्टी पीटीआईले धाँधली गरेको भन्दै बृहत आन्दोलन भइरहेको छ ।
गैरकानुनी नियन्त्रणमा राखिएको गिलगिट-बाल्टिस्तानमा धाँधली गरेको भन्दै बृहत आन्दोलन भइरहेको छ । सरकारले चुनावी नतिजा नै उल्ट्याएर सरकार नेतृत्वको पार्टी पीटीआईलाई विजयी गराएको भन्दै व्यापक विरोध प्रदर्शनसहितका आन्दोलनहरु जारी रहेका छन् ।
त्यसैगरी स्वतन्त्र र निष्पक्ष निर्वाचन नेटवर्क (फाफेन) द्वारा खटिएको पर्यवेक्षकको टोलीले पनि गिलगिट-बाल्टिस्तान (जीबी) को चुनावमा प्रति मतदान केन्द्रमा औसत तीन अवैध वा अनियमितताका गतिविधि भएको खुलासा गरेको छ ।
फाफेनले जारी गरेको निर्वाचनको प्रारम्भिक रिपोर्ट अनुसार यस अनियमिततामा मतको गोप्यता उल्लंघन, मतदाताको तर्फबाट अरूले मतपत्रको छाप लगाएको र मतपेटिकाहरु फेरबदल भएको पाइएको हो ।
जीबीको निर्वाचन आयोगले नियमहरूको थप लगनशील कार्यान्वयनका साथ यस्ता मुद्दाहरूलाई रोक्न सक्ने भए पनि कुनै कदम नचालेको फाफेनले जनाएको छ । साथै, प्रत्येक मतदान केन्द्रमा कानुनी रूपमा तोकिएको मतदाताको संख्याभन्दा बढीले मतदान गरेको समेत पाइएको छ ।
गिलगिट-बाल्टिस्तानमा भएको निर्वाचनमा धाँधली भएको र सत्तारुढ दलले शक्तिको दुरुपयोग भएको भन्दै यसअघि पनि व्यापक आलोचना भएको थियो । फाफेनको खुलासापछि त्यहाँ थप आन्दोलनहरु चर्किएका हुन् ।
पाकिस्तान मुस्लिम लीग-नवाज (पीएमएल-एन) का उपाध्यक्ष मरियम नवाजले पाकिस्तानको नियन्त्रणमा रहेको गिलगिट बाल्टिस्तानको चुनावमा "धांधली" गरेको आरोपमा लगाएकी छन् ।
उनले पाकिस्तानले चुनावको नक्कली नतीजा सार्वजनिक गरेकोले त्यसलाई स्वीकार गर्न नसकिने बताएकी छन् । निर्वाचन भएका २३ वटै निर्वाचन क्षेत्रको पूर्ण तर अनौपचारिक नतिजाले संकेत गरेको छ कि पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) १० सिटसहित सबैभन्दा ठूलो दलको रूपमा देखा परेको छ र त्यसपछि सात निर्दलीय उमेदवार निर्वाचित भएका छन् ।
पाकिस्तान पीपुल्स पार्टीले तीन सिट जित्यो, पीएमएल-एन दुई र मजलिस बहादतुल मुसलिमिन, जसमा पीटीआईसँग सीट समायोजनको व्यवस्था छ, यसले एक सीट जितेको छ ।
"ती सिटहरू पनि उनको होइन, ती सीटहरू पीएमएल-एनका उम्मेदवारहरूको सौजन्यपूर्ण छन् जुन चोरी भएका थिए," पूर्व प्रधानमन्त्री नवाज शरीफकी छोरीले मरियमले भनिन्, 'हामी ती आठ सीटका लागि इमरान खानलाई बधाई दिदैनौं, हामी चयनकर्ताहरूलाई बधाई दिन्छौं ।"
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।