आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको विशेष

नेपालमा ओली जस्तै संसद् विघटन गर्ने पाकिस्तानी प्रधानमन्त्रीको निर्णय अदालतबाट बदर

नेपालमा ओली जस्तै संसद् विघटन गर्ने पाकिस्तानी प्रधानमन्त्रीको निर्णय अदालतबाट बदर

  • मिडिया डबली
  • मंगलवार, चैत्र २२ २०७८

  • 7.5K
    SHARES

  • नेपालमा ओली जस्तै संसद् विघटन गर्ने पाकिस्तानी प्रधानमन्त्रीको निर्णय अदालतबाट बदर

    काठमाडौं - नेपालमा एमाले अध्यक्ष केपी ओलीलाई जस्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पनि अदालतले ठूलै झड्का दिएको छ ।

    गत वर्ष पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए । तर, सर्वोच्च अदालतले संसद् विघटन बदर गरिदियो ।

    पाकिस्तानको सर्वोच्च अदालतले पनि प्रधानमनत्री इमरान खानले गरेको संसद् विघटनको निर्णय बदर गरेको छ। योसँगै देशमा थप राजनीतिक र संवैधानिक संकट निम्तिएको समाचारहरुमा उल्लेख छ।

    पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकिएपछि पाँच सदस्यीय संवैधानिक बेन्चले एक दिनअघि दायर मुद्दामा पुनः सुनुवाइ सुरु गरेको थियो।

    पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बन्दियालले संविधानको धारा ५ को सन्दर्भमा सभामुखले अविश्वासको प्रस्ताव अस्वीकार गर्न नसक्नेसमेत बताएका छन्।

    ‘अविश्वासको प्रस्तावलाई सभामुखले खारेज गर्ने विकल्प छैन,’ प्रधानन्यायाधीशले भनेका छन्, ‘सभामुखले अविश्वासको प्रस्तावलाई बेइमानी गरेर खारेज गरिदिएको देखिन्छ।’

    पाकिस्तानका प्रधानन्यायाधीशले देशमा विद्यमान संकटसँग सम्बन्धित सुमोटो मुद्दाको सुनुवाइ गर्दै उक्त टिप्पणी गरेका हुन्।

    अविश्वासको मत खारेज गर्ने निर्णयले विपक्षी दलहरूलाई आक्रोशित बनाएको थियो र उनीहरूले सो निर्णयविरुद्ध अदालतमा पुनरावेदन गर्ने बताएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend