सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

दार्चुलामा खसेको भारतीय बेलुन मौसम बिभागको !

दार्चुलामा खसेको भारतीय बेलुन मौसम बिभागको !

  • मिडिया डबली
  • शनिवार, माघ २९ २०७८

  • 3.8K
    SHARES

  • दार्चुलामा खसेको भारतीय बेलुन मौसम बिभागको !

    दार्चुला- दार्चुलाको नौगाड गाउँमा बिहीबार राति आकाशबाट विद्युतीय उपकरण जोडिएको बेलुन खसेको छ । तीनवटा ब्याट्री जडान भएको विद्युतीय उपकरणजस्तो देखिने बेलुन बेलुका ८ बजेतिर खसेको वडा नम्बर ३ खारका स्थानीय अर्जुनसिंह ठगुन्नाले बताए ।

    आकाशमा उडिरहेको बेलुनमा भारतीय मोबाइल नम्बर भएको ब्याट्री रहेको बेलुन विद्युतको पोलमा ठोक्किएको उनले बताए । सो विद्युतीय उपकरणमा मेमोरी कार्ड जस्ता प्लेटहरू र जडान गरिएका तीनवटा ब्याट्रीहरू थिए।

    दिइएको मोबाइल नम्बरमा कल गर्दा उक्त बेलुन उत्तराखण्डको राजधानी देहरादुनस्थित भारतीय मौसम विज्ञान विभागले वायुमण्डलीय तथ्याङ्क सङ्कलन गर्न सो यन्त्र जडान उडाएको प्रतिक्रिया दिएको ठगुन्नाले बताए ।

    नौगाड गाउँ योजना शाखाका अधिकृत नरेन्द्र ठगुन्ना र विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णसिंह ठगुन्नासहितको टोली पनि घटनास्थल पुगेको थियो ।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर माधव विश्वकर्माले घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटाइएकाले विस्तृत जानकारी नआएको बताइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर २ २०७७०३:१५:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend