सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बल्ल दार्चुला सरकारको आँखामा, छांगरुमा टेलिकमको टावर

बल्ल दार्चुला सरकारको आँखामा, छांगरुमा टेलिकमको टावर

  • मिडिया डबली
  • शनिवार, आश्विन २४ २०७७

  • 4.5K
    SHARES

  • बल्ल दार्चुला सरकारको आँखामा, छांगरुमा टेलिकमको टावर

    दार्चुला- जिल्लाकै सबैभन्दा दुर्गम क्षेत्र मानिएका अपिहिमाल गाउँपालिकाको स्याउखानी र व्यास गाउँपालिकाको छांगरुमा नेपाल टेलिकमको टावर जडान गरिँदैछ । 

    अपिहिमाल–४ मा टावर भए पनि वडा नम्बर ३ का क्षत्ति, घाजिरलगायतका बस्तीसम्म सञ्चारको पहुँच पुगेको थिएन ।

    सोही क्षेत्रमा हरेक वर्ष प्रसिद्ध क्षत्ति जात्रा लाग्ने ठाउँमा सञ्चारविहिन हुँदा समस्या भएको भन्दै गाउँपालिकाको पहलमा नमस्ते टावर जडान गरिन लागेको हो ।

    सञ्चारबाट टाढा रहेका बस्तीलाई सञ्चारसँग जोड्ने गरी अहिले तिव्रताका साथ टावर जडानको कार्य भइरहेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए । यो क्षेत्र सञ्चारबाट निकै विकट थियो । 

    गाउँपालिकाका अन्य क्षेत्रमा सञ्चार भए पनि यहाँका नागरिकले फोन गर्न वडा नम्बर ४ को गाउँपालिका केन्द्रसम्म पुग्नुपर्ने बाध्यता थियो । 

    अपिहिमाल–६ सितोला क्षेत्रका लागि पनि टेलिफोन टावर जडान हुदैछ । टावर जडान भएपछि पूरै गाउँपालिका सञ्चारमा जोडिने छ । 

    छ वडा रहेको अपिहिमाल गाउँपालिका पर्यटकीय क्षेत्र पनि हो । पर्यटक घुम्न आउने क्षेत्रमा सञ्चार हुन सकेन भने समस्या हुने भन्दै गाउँपालिकाले शुरुदेखि नै टेलिफोन टावर स्थापनाका लागि पहल गर्दै आइरहेको थियो । 

    अहिले सांसद गणेशसिंह ठगुन्ना र गाउँपालिका अध्यक्ष मन्यालको पहलमा चाँडो टावर जडानको कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।

    यस्तै व्यासको छांगरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना भइसकेपछि नमस्तेको टावर आवश्यक रहेको छ । 

    यसअघि छांगरुमा स्काई फोनको टावर भए पनि राम्रोसँग काम गर्न नसक्दा समस्या थियो । छांगरुमा नमस्ते टावर जडानका लागि भवन बनिसकेको छ । 

    गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग भेटवार्ता गरी तिहारअघि नै छांगरुमा टावर जडान गर्न आग्रह गरेका छन् ।

    छांगरुमा निर्माण भइरहेको नमस्ते टेलिफोनको टावरलाई तिहार अगावै फोर जी सेवासहित सञ्चालन गर्न आग्रह गरेको उनले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २९ २०७८१०:१०:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend