सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मृत्यु भइसकेका व्याक्तिको भत्ता वडाले झ्वाम, कार्यालयमा तालाबन्दी

मृत्यु भइसकेका व्याक्तिको भत्ता वडाले झ्वाम, कार्यालयमा तालाबन्दी

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०७७

  • 5.0K
    SHARES

  • मृत्यु भइसकेका व्याक्तिको भत्ता वडाले झ्वाम, कार्यालयमा तालाबन्दी

    दार्चुला- लेकम गाउँपालिका–५ मा मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेपछि आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।  लेकम गाउँपालिका–५ का हरिदत्त जोशीको मृत्यु भइसकेकोे र उनको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको रहस्य खुलेपछि सो कार्यमा संलग्न हुनेलाई आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । 

    एक वर्षअघि मृत्यु भइसकेका जोशीको नाममा वडाका कर्मचारीले सामाजिक सुरक्षा भत्ता झ्वाम पार्दै आएको आरोप स्थानीयवासीको छ । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी प्राविधिक हरसिंह बोहरालाई दिएको वडा कार्यालयले जनाएको छ । 

    जोशीको ०७६ असार २३ गते मृत्यु भएको थियो भने ०७६ साउन १४ गते मृत्यु दर्ता प्रमाणपत्र जारी भएको तथ्याङ्क वडा कार्यालयसँग छ । मृतकका नाममा साउन महिनादेखिको सामाजिक सुरक्षा भत्ता रकम निकासी गर्दै प्राविधिक बोहराले लिँदै आएको आरोप स्थानीयवासीको छ ।

    सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी पाएका प्राविधिक बोहराले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागे पनि स्थानीयवासीले कानूनी कारवाही हुनुपर्ने मागसहित वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीयवासी भुवन जोशीले जानकारी दिए ।

    पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ताबापत रु २४ हजार खाएको आरोप प्राविधिक बोहरामाथि लागेको छ । तेस्रो चौमासिकको रकम वितरणको बेला वडा कार्यालयले सूचना जारी गरेको थियो । मृतक जोशी परिवारले सामाजिक सुरक्षा भत्ता लिन आएका थिएनन् । मृतक परिवारले आफूहरुले मरेको मान्छेको रकम नलिने भनेपछि यसअघि सो रकमको बारेमा चासो बढेको थियो ।

    ती व्यक्तिको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म किन लगेनन् भनेर वडाबाट सार्वजनिक सूचना गर्दा मृतक जोशीको नाममा सामाजिक सुरक्षा भत्ता निकासी भइरहेको देखिएको हो, वडाध्यक्ष दीपेन्द्र बोहराले भने । “तेस्रो चौमासिकमा मान्छे सम्पर्कमा नआएपछि कोलेनिकाबाट रकम फिर्ता गर्न लगाए ।

    सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको लगत काट्न विर्षिदा रकम हिनामिना भएको देखिन्छ”, वडाध्यक्ष बोहराले भने । कर्मचारी र वडाध्यक्षले स्थानीयवासीसँग माफी मागे पनि कानूनी कारवाही गरिनुपर्ने, भ्रष्टाचारसम्बन्धी मुद्दा लगाइनुपर्ने भन्दै उनीहरुले तालाबन्दी गरेको बताइएको छ । 

    सामाजिक सुरक्षा भत्ता अनियमितता प्रकरणमा वडाध्यक्ष बोहरा, वडा सचिव लक्ष्मणराज विष्ट र प्राविधिक हरसिंह बोहरा तीनै जना दोषी देखिएकाले उनीहरुलाई उचित कारवाही हुनुपर्ने माग आफूहरुले राखेको स्थानीयवासीको माग छ । वडा कार्यालयबाट मृत्यु भइसकेका अरु मानिसको नाममा समेत भत्ता हिनामिना भएको हुन सक्ने भन्दै विगत तीन वर्षदेखिको सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको विवरण सार्वजनिक गर्न स्थानीयवासीले माग गरेका छन् ।

    वडाध्यक्ष बोहराले कारवाही गर्ने निकाय आफू नभएकाले सम्बन्धित निकायमा उजुरी गर्न स्थानीयवासीसँग आग्रह गरे । “हामीले कमजोरी भयो भनेर माफी मागेका छौँ, कारवाही गर्ने निकायमा म छैन”, उनले भने । प्राविधिक बोहराले सामाजिक सुरक्षा भत्ता रकम हिनामिना नभएको दाबी गरे ।

    “भूलबस सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको सूचीबाट हटाउन नसकिएको हो”, उनले भने, “दुई चौमासिकको सामाजिक सुरक्षा भत्ता मान्छे नभेटिएर आफूसँग रह्यो, तेस्रो किस्ता पनि आइसकेको थियो । मान्छे को हुन भन्दै सोधी खोजी ग¥यौँ, मान्छेको महेन्द्रनगरमा मृत्यु भएको जानकारी आएपछि रकम फिर्ता गर्यौं ।”

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २९ २०७८१०:१०:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend