सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अफगानिस्तानमा तालिबान कब्जापछिको ४ महिनामा १० लाख अफगानीले मुलुक छोडे : रिपोर्ट 

अफगानिस्तानमा तालिबान कब्जापछिको ४ महिनामा १० लाख अफगानीले मुलुक छोडे : रिपोर्ट 

  • मिडिया डबली
  • शुक्रवार, माघ २८ २०७८

  • 4.8K
    SHARES

  • अफगानिस्तानमा तालिबान कब्जापछिको ४ महिनामा १० लाख अफगानीले मुलुक छोडे : रिपोर्ट 

    काबुल - अफगानिस्तानमा तालिबान कब्जा गरेको चार महिनाको अवधिमा करिब १० लाख अफगानीहरुले मुलुक छोडेको पाइएको छ। अफगानिस्तानको सञ्चारमाध्यम टोलो न्युजका अनुसार यसरी मुलुक छोड्नेमा अधिकांशले सीमा पारी इरान र अफगानिस्तान गएका छन्। 

    निजी यातायात व्यवस्था विभागका प्रमुखका अनुसार दैनिक चार हजार मानिसहरु इरानतर्फ जाने गरेका छन्। उनी आफैं पनि पाँच परिवारका सदस्यसहित इरान प्रस्थान गरेका छन्। अफगानिस्तानमा तालिबान सत्ता सुरु भएपछि मानिसहरु त्रसित बनेका छन्। 

    मानवअधिकार र महिला अधिकारका आधारभूत सिद्धान्तहरुको पनि पालना नगरेको, गरिबी, बेरोजगारी, भोकमरी बढ्दै गएको र तालिबानले समाजमा रहेको मानिसहरुलाई दुव्र्यवहार गर्ने, पूर्व अधिकारीहरुलाई अपहरण गरी हत्या गर्नेलगायतका ज्यादतीहरु बढाएपछि मुलुक छोड्ने मानिसहरुको संख्या बढ्दै गएको हो। 

    तालिबान सरकारले महिला तथा बालिकाहरुलाई विद्यालय जान बन्द गरिदिएपछि आफ्नो छोरीहरुलाई राम्रो शिक्षा दिनका लागि पनि मुलुक छोड्ने गरेका छन्। हरेक दिन करिब ३५ सयदेखि चार हजार अफगानीहरु राजधानी काबुलबाट सीमा जोडिएका प्रान्तहरु कन्धाहार, निमरोज र हेराततर्फ जाने गरेका छन्। उनीहरुलाई सीमा नजिकका प्रान्तहरुबाट सीमा पार गर्न सहज हुने भएकोले यसरी राजधानी काबुल जोडेर सीमा क्षेत्र नजिकका जिल्लामा जाने गरेका छन्। 

    अहिले अफगानिस्तानमा मानवीय संकट सिर्जना भएको छ। सन् २०१५ मा यरोपले सामना गरेको आप्रवसी संकटजस्तै छिमेकी मुलुकहरुले आप्रवासी संकट भोग्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिइएको छ। जसका लागि अफगानिस्तानको मानवीय संकट कम गर्न विभिन्न मुलुकहरुले राष्ट्रसंघीय मिसनमार्फत सहयोग सामग्री पुर्याइरहेका छन्। यसअघि भारतले र नेपालले पनि अफगानिस्तानमा चार्टड विभानमार्फत सहयोग सामग्री उपलब्ध गराएका थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र २५ २०७८०२:५९:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend